आवश्यकता विनाको ठूला संरचना केवल कमिशन खान बनाईएको आरोप

दमौली, २३ असार । युवा नेता तथा व्यास नगरपालिका नगर प्रमुख पदका उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाले आवश्यकता विनाको ठुला संरचना केवल कमिशन खान बनाउृन लागेको बताउनु भएको छ । जोशीले बुधबार सामाजिक सञ्जाल मार्फत आरोप लगाउनु भएको हो । व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्धेश्यीय भवन अनावश्यक रहेको धारणा उहाँले राख्नु भएको हो । अहिले भाडा आइरहेको ठाउँलाई हटाएर २१ करोड बराबरको ऋण ८.५% मा लिएर फेरि अर्को भवन किन बनाउँनु पर्यो? भन्दै जोशीले प्रश्न गर्नु भएको छ ।

२१ करोड को ब्याज मात्र बार्षिक १ करोड ७८ लाख ५० हजार तिर्नुपर्ने उहाँले उल्लेख गर्नु भएको छ । ‘२१ करोड वर्षको २ करोड का दरले साउँ तिर्नु पर्ने छ अहिले भएको भवन नै भाडामा लाग्न सकेको छैन’ भनि उल्लेख गरिएको छ । हाल व्यास नगरको आम्दानी २० करोड भन्दा कम भएको उल्लेख गर्दै युवा नेता जोशीले त्यसमा पनि स्थायी कर्मचारीको तलब ४ करोड ५० लाख र करार कर्मचारीको तलव ५ करोड १० लाख वर्षिक छ।

यति तलब हुँदा हुदै पनि १५ लाख वरावरको अतिरिक्त समय काम गरे बापताकोको भत्ता, १ करोड बराबर को बैठक भत्ता, झन्दै २ करोड चुनाव मा जितेर गएका हरुको सुविधा छ भनि टिप्पणी गर्नु भएको छ । यतिमात्र नभएर नगरपालिका मा विभिन्न आयोग गठन गरेर आफ्नो मान्छे भर्ती गरेर भर्ती केन्द्र बनाउन खोजेको जोशीको थप आरोप छ ।‘ लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू नगरपालिका मा मात्र होइन हाम्रो व्यास नगरपालिका लाई पनि छ छुट’ जनता लाई लुटिन , शोषित हुन , दुख पाउने बानी परेको छ भनि जोशीले व्याङ्ग्य गर्नु भएको छ । यहाँ सरकार होइन सङ्घर्ष छ, यहाँ शासन होइन सास्ती छ विकास होइन विनाश छ र समृद्धि होइन दुर्गति भएको बताउनु भएको छ ।

गलत कार्यको भण्डाफोर गर्न नगरवासीलाई नेता जोशीले आग्रह समेत गर्नु भएको छ । ‘व्यास नगरबासीहरुले आवाज उठाउनु पर्यो, विद्रोह गर्नू पर्यो। कति समय सम्म लुटिएर बस्नु हुन्छ, आउनुहोस् आजै यसको बिरोध गरौं’ उहाँले भन्नुभएको छ । यसैगरी नेता जोशीले व्यास नगरपालिकाको सार्वजानिक जग्गा संरक्षण गरिनु पर्ने बताउनु भएको छ । २०४८ साल यता व्यास नगरपालिका भएपछि दमौलीको सबै सार्बजनिक जग्गा व्यक्तीको नाममा नाम सारी भएको छ। दरै, बोटे र कुमाल लगायतले आर्जेको सबै जग्गा उनिहरुलाई विस्थापित गरी टाढाबाठाले हडपेर आफ्नो नाममा नाम सारी गरेका ।यसको छानबिन हुनुपर्ने माग उहाँले राख्नु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button