अपाङगता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री

दमौली खबर संवाददाता

दमौली ६ , चैत्र

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री बितरण गरेको छ । ऋषिङ्ग गाउँपालिकामा संचालित समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तीहरूको शसक्तिकरण कार्यक्रम अन्तर्गत ति व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरिएको हो ।

२० जना ब्यक्तीहरूलाई ह्विल चियर, ७ जना ब्यक्तीहरूलाई ट्वाइलेट चियर, ७ जना ब्यक्तीहरूलाई बैशाखी र ४ जना ब्यक्तीहरूलाई सेतो छडी वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा. डा. कृष्ण प्रसाद गौतमले ति अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरेका हुन ।

उक्त कार्यक्रममा मन्त्री सुर्य चन्द्र हड्खले, कोषाध्यक्ष प्रताप सिंह अधिकारी, कार्यक्रम अधिकृत करूणा निधि भट्टराइ, लेखापाल इमनाथ भट्ट लगायतकाले सहयोगी सामग्रीले अपाङ्गता भएका ति व्यक्तिहरुलाई दैनिक जीवनमा सहयोग पु¥याउने बताएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button