तनहुँको विकासको अभियान रिस्तीबाट सुरु गर्ने उम्मेदवार जोशीको भनाई

दमौली खबर संवाददाता
दमौली, कात्तिक ३० । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले निर्वाचनको विजय पछि तनहुँको विकास कार्यको थालनी व्यास नगरपालिका–८ रिस्तीबाट गर्ने बताउनु भएको छ । यो क्षेत्र विकास पछाडी परेकाले आफू  निर्वाचित भए पश्चात विकास अभियानको शुरुवात यहीबाट गर्ने जोशीको भनाई थियो । सो कुरा नेता जोशीले रिस्तीको समिको फेदमा आयोजित कोण सभामा बताउनु भएको हो ।
 रिस्ती हाल सम्म विकासित हुनु पर्नेमा विकासका पूर्वाधारहरु पनि नुहँदा  बत्तिमुनिको अध्यारो भए जस्तै  आफ्नो जीत पश्चात सोही स्थानलाई केन्द्र बिन्दु बनाई विकासको ढोका खोलिने उद्घोष नेता जोशीले गर्नुभयो । ‘मेरो विजयबाटै तनहुँको नयाँ युगको सुरु हुनेछ’ नेता जोशीले भन्नुभयो । आफ्नो विजय नै लोकतन्त्रको विजय रहेको बताउँदै जोशीले अपवित्र गठबन्धनले संसदीय व्यवस्थाकै बदनाम गरेको बताउनुभयो । अपवित्र गठबन्धनबाट चुनाव जित्छु भन्ने दिवा सपना कही कसैले पनि नदेखे हुन्छ, जनता सचेत भइसकेको जोशीले बताउनुभयो ।  आफू निर्वाचित भए पछि कसैलाई पक्षपात नगरी समान ढंगले जिल्लाको विकास र समृद्धिमा लागि पर्ने उद्घोष समेत जोशी गर्नुभयो । क्षेत्र नम्बर १ मा पर्ने व्यास  र भानुका विभिन्न वडाहरु समेटर जोशी समुहले कोण सभा गरेको थियो । जोशी समुहको बुधबार अन्तिमकोण सभा बर्लाचीमा  भएको थियो भने भानु नगरपालिकाको मानेचौकामा कोण सभा सम्पन्न भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button