उम्मेदवार पराजुलीले मैदान नै त्यागेर कांग्रेसमा प्रवेश शंकर भण्डारी जीतको नजिक

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक ३० गते । तनहुँ–२ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार  गठबन्धनका साझा उम्मेदार शंकर भण्डारीलाई जितको लागि सहज भएको छ । २ मा कांग्रेसलाई एकताको माला गास्ने मात्रै नभई फरक पार्टी उम्मेदवारले नै मदान खाली गरेपछि भण्डारीलाई सहज भएको हो । प्रतिनिधी सभा सदस्यका लागि तनहुँ–२ बाट  उम्मेदवार बन्नु भएका नेपाली कांग्रेस (विपी)का उपसभापति पुष्प पराजुली नेपाली कांग्रेसमा प्रवेश गर्नु भएपछि भण्डारीलाई सहज बनेको हो ।
 बाम लोकतन्त्रान्त्रिक गठबन्धनले मङ्गलबार शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार बजारमा गरेको चुनावी सभामा पराजुलीले विपी कांग्रेस परित्याग गरी कांग्रेसमै फर्किनु भएको हो । सभामा पराजुलीले कांग्रेसबाट उम्मेदवार बन्नु भएका शङ्कर भण्डारीको जीतलाई सहज बनाउन मुलघरमै फर्किएर उम्मेदवारीसमेत त्यागेर गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पराजुलीलाई कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका उम्मेदवार भण्डारी, कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार ध्रुव वाग्ले  अबिर र माला लगगाई पार्टी प्रवेश गराउनु भएको थियो । ‘वाम गठबन्धनले नै अबको मुलुक बनाउन कार्यभार पूरा गर्ने विश्वासमा उम्मेदवारी त्यागेको पराजुलीको भनाई थियो । वाम गठबन्धनका साझा उम्मेदवारलाई सघाउन आव्हान गर्दै पराजुली ‘अबको राजनीति नेपाली कांग्रेसमा केन्द्रीत हुने बताउनु भएको थियो । पराजुली २०७४को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट भिमाद नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नु भएको थियो । पराजुली पराजित भएपछि विपी कांग्रेसमा प्रवेश गर्नु भएको थियो । यस अघिको चुनावमा साथ दिएको माओवादी केन्द्रले भण्डारीलाई सहयोग गर्ने, एमालेले फुटेर एकिकृत समाजवादी पार्टी बन्ने र जितेका एमालेका नेताले विकास गर्न नसकेकोले भण्डारीलाई जित्न सहज भएको राजनीतिक विलेश्षक बताउँछन् ।
नेपाली कांग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारले १० हजार भन्दा बढी मतान्तरले जित्ने दाबी गर्नुहुन्छ । अमरराज कैनीले रेकर्ड तोडे जस्तै भण्डारीले पनि एमालेको किल्ला भत्काउने अधिकारीले बताउनुभयो । यतिबेला एमाले आफ्नो पुरानो विराशत जोगाउने चाहेको छ भने भण्डारीले तोड्न । एमाले जिल्ला सदस्य हरिराज कँडेलले एमालेले आफ्नो विरासत कायम राख्ने बताउनुहुन्छ । भण्डारी मात्रै नभई प्रदेश सभामा जीत हुने देखिएको छ । जीतप्रकाश आले र राजेन्द्रकेशरी न्यौपाने दुवै गठबन्धना साझा उम्मेदवारले जीत हासिल गर्ने अनुमान राजनीतिक विश्लेषकको छ । एमाले विरुद्ध गठबन्धन हुनु र एमाले फुटेकाले पनि जिप्ने निश्चि भएको सदस्य अधिकारीको दाबी छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button