आदिकविको घर पुर्ननिर्माणमा ढिलाई नगरौं

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकाका–४ चुँदीरम्घा भाषिक तथा साहित्यिक क्षेत्र हो । भगवान गौतमबुद्ध पछि नेपालीहरुले धेरै सम्झिने मध्येको नाम हो भानुभक्त आचार्य । पृथ्वी नारायण शाहले नेपालको एकिकरण गर्दै जस्तै सबै नेपालीहरुको मन एकिकरण गर्न भानुभक्तले नेपाली भाषाको विस्तार गर्नु भएको थियो । महिमा अपार भएपनि उहाँ जन्मिएको चुँदीरम्घा र यस क्षेत्र आसपास अझै ओझेलमा छ । भाषिक, धार्मिक र पर्यटकीय स्थलको रुपमा महत्वपूर्ण भएपनि यस क्षेत्रको विकासको लागि ध्यान नपुग्दा ओझेलमा परेको छ । भानुको घर जलेर खरानी भएको २१ वर्ष पुगिसक्दा पनि पुर्ननिर्माण हुन सकेको छैन । भने तीन करोड खर्च गरेर बनाईएको रामायण भवन संरक्षण नहुँदा अलपत्र अवस्थामा छ ।

भानु नगर कार्यपालिकाको बैठक केही समय पहिला भानु जन्मस्थलक्षेत्रमा नै गरिएको थियो । स्थानीयको माग र चाहाना बुझ्न पनि कार्यपालिकाको बैठक सो क्षेत्रमा गरिएको हो तर भानुको घर बनाउने तिर अझै ध्यान पुगेको देखिदैन । भानुजन्मस्थल क्षेत्रमा धेरै विद्धानहरु जन्मिएका छन् तर ति बिद्धानहरुले भानुभक्तको जन्मस्थल विकासको लागि योगदान दिन सकेका छैनन् । आफ्नो ठाउँमा गर्नु पर्ने सहयोग पनि गरेका छनन् । बन्दीपुरलेहरुले आफू जहाँ भएपनि बन्दीपुरलाई माया गरी बन्दीपुरको पयर्टन प्रवद्धन गरे जस्ते चुँदैलीहरु पनि जाग्नु पर्दछ । साथै भानु नगरपालिकाले पनि सो ठाउँको विकासको पूर्वाधारहरु बनाउन ख्याल गर्नुपर्दछ । आगामी भानु जयन्तीमा भानुको घर देख्न पाउने गरी काम अघि बढाउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button