तनहुँका गायक रानाले फेरी अर्को अवार्ड हात पारे

दमौली खबर संवाददाता
तनहुँ, मंसिर १३ गते । तनहुँका गायक सञ्जिवसिंह रानाले एउटै गीतबाट दुई अवार्ड हात हात पार्नु भएको छ । दोस्रो क्वाइटी नेशनल इन्टरटेनमेन्ट अर्वाड–२०७९  हात पारेपछि एक गीतबाट दुई अवार्ड हात परेको  हो  । रानाले पप गीत गायक तर्फ ‘वान टु वान टु..’ बोलको गीतबाट हात पार्नु भएको हो । सो अवार्ड पूर्व उपराष्ट्रपति पदमानन्द झा र क्वालिटी फिल्म प्रालिका अध्यक्ष उमेश गौतमले  प्रदान गर्नुभयो ।  मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएका गायक रानाले सोही बोलको गीतबाट जया प्राप्ति म्यूजिक अवार्ड समेत हालै प्राप्त गर्न सफल हुनु भएको थियो ।  विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक राना गीतहरुले दर्शक, स्रोताको मन जित्दै आएको छ ।
२०६६ सालमा खैरेनीटार महोत्सवमा गरिएको ‘पश्चिमाञ्चाल तारा’  गायन प्रतियोगितामा गायक राना प्रथम हुनु भएको थियो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट प्रमाणपत्र प्राप्त गर्दा हौंसला मिलेर निरन्तर सङ्गीत क्षेत्रमा लागेको गायक राना बताउनुहुन्छ । व्यास नगरपालिका–३ देउरालीनगर, दमौलीमा जन्मिनुभएका गायक राना दमौलीबाटै सङ्घर्ष गरेर चर्चामा आउनु भएको छ । गायक राना मोफलबाट चर्चामा आएकोले क्षमता हुनेको लागि मोफल बाधक बन्दैन भन्ने उदाहरण बन्नु भएको छ । लोक, आधुनिक, पप सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकाले गायक रानाको व्यस्तता बढ्दै गएको छ । उहाँलाई स्वदेश तथा विदेशमा हुने मेला, महोत्सव तथा साङ्गेतिक कार्यक्रममा जान भ्याइ नभ्याई हुन्छ । गायक रानाले गाउनु भएका थुप्रै गीतहरु चर्चामा आएका छन् ।  पाँच वर्ष अघि रेकर्ड भई ‘मामा’ एल्वममा समावेश
‘ए मेरो मामा फुल बुट्टे जामा
किनदिउँला गोरीलाई नक्कली मोरीलाई
लुकी लुकी हेर्ने बानी परेको
बादलु सरेको पानी परेको…’ बोलको पप गीतले चर्चा कमाएको छ । गायक रानाकै शब्द, सङ्गीत र श्वर रहेको  यो गीत युटुबमा ३८ लाख ४१ हजार भन्दा बढीले हेरेका छन् । यस्तै गायक रानाको दुई वर्ष अघि मामा २ एल्वममा समावेश ‘वाट टु वान म जान्छु जुनकिरीलाई लिएर काठमाडौं सहर…’ बोलको गीतले चर्चा कमाएको छ । यस गीतमा पनि शब्द तथा संगित गायक रानाकै छ । गायक रानाकै आफ्नै युटुबाट बजारमा ल्याईएको यस गीत ६४ लाख २२ हजार भन्दा धेरै पटक युटुबमा हेरिएको छ ।
‘धन मागे त छैन, मन मागेमा दिउँला
यो जोवन मनै परे, जुग जाने माया गरे,  सँगैसँगै जीउँला…’
बोलको राजकुमार वगरको शब्द र सङ्गीतको २०६९ सालमा गाएको पहिलो गीत नै रानाले चर्चा कमाउन सफल भएको थियो । वगरकै शब्द र सङ्गीत रहेको ‘मैलै माया लागेको तिमीसँगै हो’ बोलको गीतले पनि गायक रानालाई चर्चामा ल्याएको थियो । टिका भण्डारी– सङ्गित र सुर्यकुमार घायलको शब्द रहेको ‘हिड्दा हिड्दै दोबाटोमा’ बोलको गीत पनि गायक रानाको चर्चित गीत हो ।
साङ्गीतिक क्षेत्रमा गायक रानाले हाल पनि दमौलीबाटै सङ्घर्ष गरिरहनुभएको छ । उहाँले प्राप्त गरेको सफलतालाले सृजनशिलताको लागि मोफल बाधक बन्दैन भन्ने सन्देश प्रवाह गरेको छ । मोफसलमा बसेर साङ्गीतिक क्षेत्रमा लाग्नु धेरै चुनौतीपूर्ण कुरा हो तैपनि स्वदेश तथा विदेशमा दर्शक स्रोताको मायाले सदैव हौसला दिने गरेको छ’ गायक रानाले भन्नुभयो । साङ्गीतिक क्षेत्रमा लाग्ने बाल्यकाल देखिको इच्छाले अहिले विस्तारै सफलता पाउँदै गएको उहाँको अनुभुव छ । लाहुरे परिवारमा हुर्किएकोले भर्ति हुन दबाब दिए पनि आफ्नो गायक हुने सपना भएकोले भर्ति हुन नगएको राना बताउनुहुन्छ । रानाको बुबा भारतीय सेनामा कार्यरत हुनुहुन्छ  । आमाले तारा देवीका गीत मिठो श्वर गायको सुनेर आमाको प्रेरणाले सङ्गीत क्षेत्रमा लागेको गायक रानाले जानकारी दिनुभयो । ‘सानैदेखि गीतसङ्गीतमा लागेर एउटा सफल कलाकार बन्ने मेरो सोचाई भएकोले भर्ति हुनमा ध्यान गएन’ गायक रानाले भन्नुभयो । मोफसलमा बस्दा साङ्गीतिक क्षेत्रमा अवसर कम हुने भएकाले कलाकारले धेरै सङ्घर्ष गर्नुपर्ने उहाँको अनुभवले देखाएको छ ‘दर्शक तथा स्रोताको मन जित्न सके मोफसलमा बसेर पनि साङ्गीतिक क्षेत्रमा जम्न सकिने आत्मबल बढेको छ’ गायक रानाले भन्नुभयो ।
 उदयमान गायक रानाले स्वदेशका ४४ जिल्लामा र हङ्कङ, मकाउ, वङ्गलादेश, कतार, मलेशिया र भारत लगायतका विदेशमा समेत आफ्नो प्रस्तुति दिनु भएको छ । उहाँको श्वरवद्ध गीतहरु लोकप्रिय भएकोले स्वदेशका मात्रै नभई विदेशी सङ्गीतिक कार्यक्रममा माग आउने गरेको छ । मामा एल्वमा समावेश गीतबाट गायक रानाले सगरमाथा अर्वाड र  राप्ती अवार्ड प्राप्त गर्नु भएको थियो ।  उहाँका आधा दर्जन एल्वम बजार आईसकेका छन् ।
उहाँले गाउनु भएका गीतहरु मेलापात, घाँस दाउरा हाट बजारमा गुन्जिरहेका छन् । सानैमा गायक रानाले गीत सङ्गीतमा असाध्यै रुचि राख्थे । गाउँमा मेलापात घाँस दाउरा गर्दा होस् या हाट बजार गर्दा उनी आफ्नो मन परेको गीतहरु गाएर सुनाउँथे । बाल्यकालमा उनका साथीहरु प्रशस्तै थिए उनले गाएका गीतहरुले उनलाई आफू पढ्ने स्कूलमा राम्रै परिचय दिएको थियो । सानो उमेरमा उनका साथी भाईले उनलाई गीत रेकर्ड गर्न सल्लाह दिन्थे । यसले उहाँलाई जीवनमा साङ्ेगीतिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको गायक रानाको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button