बुल्दी पुलबाट मान्छे खसे पछि नेता जोशीको फोन सडक बिभागमा

इन्जिनियर भन्छन् भोली सम्म काम सक्छु सर
दमौली

दमौलीको व्यास २ मा पर्ने बुल्दी खोला पुलको भत्केको रेलिङबाट फेरी मान्छे खसे पछि नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशी सडक डिभिजन कार्यलय दमौलीमा सम्पर्क गरेर यर्थासिध्र मर्मत गर्न सुभाएका छन् । सडक डिभिजन कार्यलय दमौलीको सहायक प्रमुख तथा सुचना अधिकारी सचिन श्रेष्ठलाई टेलिफोन गरेर नेता जोशीले चाडै भन्दा चाडै मर्मत गरी काम सक्न निर्देशन दिएका छन् । । सोही पछि श्रेष्ठले भोली सम्मा सो भत्केको रेलिङ बनाइ सक्ने जोही संग बताएका छन् । उन्ले भने ” भोली सम्म काम सक्छु सर “

एक महिना अगाडी दमौलीस्थित बुल्दीखोला पुलबाट खसेर धादिङका ३० वर्षीय दिनेश थापा घाइते हुनुभयो । दमौलीमा मजदुरी गर्ने उहाँ कोठातर्फ जाँदै गर्दा पुलमा रेलिङ भाँचिएको ठाउँबाट उहाँ खस्नुभएको थियो । पुलबाट खसेर उहाँको खुट्टा भाँचियो । दमौली अस्पतालमा केही दिन उपचार पश्चात् उहाँलाई थप उपचारका लागि अन्यत्रै पठाइयो ।

त्यस लगत्तै बुल्दी पुलको रेलिङ मर्मतका लागि सञ्चारमाध्यमले पनि सरोकारवालाई ध्यानाकर्षण गराए । सडक डिभिजन कार्यालय दमौलीले पुल मर्मतका लागि निर्माण व्यवसायीसँग सम्झौता पनि ग¥यो, तर निर्माण व्यवसायीले काम गरिदिएनन् ।
सोही पुलबाट बुधबार साँझ फेरि एक जना खसेर घाइते हुनुभएको छ । उदयपुर कटहरीका ३७ वर्षीय प्रेमबहादुर रोका पुलबाट खसेर घाइते हुनुभएको हो । साँझको समयमा हिँड्दै जाँदा पुलबाट खसेर घाइते हुनुभएका उहाँको टाउकोमा चोट लागेको छ । उहाँलाई प्रहरीले तत्कालै उद्धार गरेर दमौली अस्पताल ल्याएको थियो । हाल उहाँको अस्पतालमा उपचार भइरहेको छ ।

full news at: https://khabarpunja.com/2020/10/15/12837

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button