स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

बि.बि श्रेष्ठ
जेठ ३०
निर्मलनगर, तनहुँ
व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी बनाईएको क्वारेन्टाईनमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य समाग्री बितरण गरिएको छ । पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गाँपाका ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगरद्धारा संयुक्त रुपमा आफु अध्ययन गरेको कलेजको क्वारेनटाईनमा स्वास्थ्य समाग्री उपल्बध गराएका हुन् ।
स्वास्थ्यकर्मीको टोलीले आफु अध्ययनरत विद्यालयलाई हाल स्थानिय सरकारले कोरोनाको क्वारेन्टाईन स्थल बनाएकोले त्यहाँ उपचाररत व्यक्तिहरुको स्वास्थ्यलाई ख्याल राखी आफुहरुले १५० पिस मास्क, १ वोटल स्यानिटाईजर र अन्य स्वास्थ्य समाग्री वितरण गरेको पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खलेले जानकारी दिनुभयो । कोरोनाले बिश्वलाई नै आक्रान्त पारिरहेको सन्दर्भमा आफुहरु पनि स्वास्थ्यकर्मी भएको हुनाले क्वारेन्टाईनमा रहेका हरुलाई सकेको सहयोग गर्नु कर्तव्य सम्झी सहयोग गरेको वताउनुभयो ।

यो बेलामा सवैले कोरोना बिरुद्धको लडाईमा एकजुट भएर लड्नुपर्ने बेलामा आफुहरुले सक्दो सहयोग गरेको ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापाले वताउनुभयो । यो बेलामा सवैको सकारात्मक सोच र भावनात्मक एकताले नै जीत सम्भव हुने भएकोले यसको रोकथामका लागी जनतानै जागरुक भएर लाग्नुपर्ने शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगरले वताउनुभयो ।

स्वास्थ्य समाग्री वुझदै निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र वस्नेतले आफु अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरुले विद्यालयमा भएको क्वारेन्टाईमा स्वास्थ्य समाग्री वितरणले आफुलाई गौरावान्वित भएको वताए । सहयोग आफैमा सानो ठुलो हुदैन, जिम्मेवारीता र दायित्व वोध नै सवैभन्दा ठुलो पक्ष हो । विद्यालयमा अध्ययन गरेको विद्यार्थीहरुले गरेको सहयोगले खुशी तुल्याएको छ । यो समाग्रीले क्वारेन्टाईन स्थललाई धेरै सहयोग पुग्दछ, सवैको सानो सानो सहयोगले नै हामीले व्यवस्थापन गर्ने हो, प्रधानध्यापक वस्नेतले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button