गौ संरक्षण केन्द्रमा इन्नरब्हिलको सहयोग

 

दमौली खबर संवाददाता

ब्यास १० भतेरी दुम्सिमा रहेको गौ संरक्षण स्थलमा इन्नरव्हिल क्लब दमौलिका दिदिबहिनीहरुले सहयोग गरेका छन् । उक्त केन्द्रमा शनिबार क्लबले ६ बोरा ढुटो र एकबोरा नुन सहयोग गरेको क्लबका अध्यक्ष आशा बानियाले बताईन् । लकडाउनको समयमा गौ संरक्षणमा सहयोग गर्नेहरु नहुदाँ उक्त ठाँउमा चौपाएको लागि आहाराको अभाव भएको थियो । उक्त केन्द्रका संरक्षक सरोज भण्डारीका अनुसार सवारी साधन नचलेको हुनाले आहाराको कमी उत्पन्न भएको बताए । हाल विभिन्न संघ संस्थाले केन्द्रमा सहयोग गदै आईरहेको छ । केन्द्रमा आहाराको कमी भएपछि सहयोगको अपिल गरिएको गौ संरक्षण समितिका अध्यक्ष प्रजापति सापकोटाले बताए ।

हाल उक्त स्थानमा ४२ वटा गाई रहेको र सबैको साथ र सहयोगले गाइपालनमा सहज भएकोे उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button