कपाल काटेर मासिक रु ८० हजार भन्दा बढी आम्दानी

दमौली खबर संवाददाता

दमौली बजारका एक युवा व्यावसाी ३२ बर्षको उमेरमै एक सफल व्यवसायीको रुपमा स्थापित भएका छन् । पसलमा आउने मानिसहरुको कपाल काटेर मात्रै मासिक करिब ८० हजार रुपैँया आम्दानी गर्दै आएका छन्, युवा व्यवसायी कृष्ण बस्याल । बस्यालले बिहान ७ बजेबाट सेवा सुचारु गरेर साँझ ८ बजेसम्म सेवा लिन आउने सेवाग्राहीको कपाल काटेरै मासिक ८० हजार आम्दानी गर्दै आएका छन् ।

देशमै केहि गरौं भन्ने उद्देश्यका साथ शुरु गरिएको उनको पार्लरमा दैनिक ३० देखि ४० जना ग्राहकले सेवा लिने गरेका छन् । उनले सञ्चालन गरेको ‘ए वान हेयर कटिङ’ मा युवा पुस्ताका केटाहरुले सेवा लिइरहेका बस्याल बताउछन् । सात बर्ष अघि सानो लगानीमा हेयर कटिङ पार्लर सञ्चालनमा ल्याइएको बस्यालले बताए ।

सञ्चालनको क्रममा धेरै चुनैती आएका र प्रायजसो मानिसले यो व्यवसाय नचल्ने समेत बताएका थिए । तर लगातारको मेहनेत र परिश्रम गरे सफल भइन्छ भन्ने कुरा बस्यालल पुष्टि गरेका छन् । गोर्खा घर भई हाल तनहुँको दमौली बस्दै आएका बस्यालले काठमाडौंमा ६ महिना निलडेभिड शैलुन एन्ड ईन्स्टिच्युटमा काम सिकेका छन् । काठमान्डौं बाट नारायणगढ गएर २ बर्ष काम गरे संगै उनी दमौली आएका हुन् ।

पछिल्लो समय नेपालि युवाहरु विदेशीने क्रम बढिरहेका बेला बस्यालले आफ्नै देश नेपालमा नै केहि न केहि सीप सिकेर सानो लगानीमा धेरै आम्दानी गर्न सकिएको अनुभव सुनाए । उनी भन्छन्, – ‘अहिलेको समयमा मानिसहरु विदेश जाने भनेपछि ऋण, धन गरेर भएपनि जतिसुकै लगानी गर्न तयार हुने तर नेपालमा भने सानो लगानी गर्न पनि नमान्ने’ गरेको देखिन्छ । विदेशीनु भन्दा आफ्नो चाहनाअनुसारको सीप सिकेर नेपालमै परिवारसँगै रमाएर नै बस्न सक्नु उत्तम हुने उनको भनाई छ ।

व्यास नगरपालिका २ दमौली गणेशमान चोक ट्रेड सेन्टरमा ७ बर्ष देखी ए वान हेएर कटिङ्ग सञ्चालन गरेका बस्यालको पसलमा उनकी श्रीमतीले समेत उनलाई सधाउदै आएकी छिन् । उनको पार्लरमा कपाल काट्ने मात्र नभएर कलरिङदेखि कपाल स्टेट गर्ने, कर्लि बनाउने र फेसियल सम्मका सुविधाहरु प्राप्त हुन्छन् । यसरी आफूजस्तै नेपालमै केही गर्ने मनसाय बोकेका युवालाई सरकारले विशेष किसिमका योजना ल्याएर स्वदेशमै बस्ने वातावरण मिलाउन सके राम्रो हुने बस्यालको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button