हजुरआमा र नातीनीलाई पहिरोले पुर्यो

सविन लामिछाने

अविरल वर्षाले ल्याएको पहिरोमा परेर जिल्लाको भानु नगरपालिकामा हजुर आमा र नातीनीको मृत्यु भएको छ पहिरोले पुरिएर मृत्यु हुनेमा भानु–९ सिमलगैराकी ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी त्रिप्सा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानिय मनोज धौलारीको घर पहिरोले पुरिदा दुई जना बेपत्ता भएका थिए भने तीन जना भाग्न सफल भएका थिए । पहिरोमा परि बेपत्ता भएकी त्रिप्साको भने जीवितै उद्धार गरि उपचार लागि स्थानिय उपचार सस्थामा पठाउदाँ बाटोमा मुत्यु भएको प्रहरीले बताएका छन् । तिलमायाको भने घटना स्थलमै मुत्यु भएको थियो ।

जब किताब निकाल्दा….

कोरोनाको कारण विद्यालय जान नपाएकी शितास्मा धौलारी घरमै बसेर पढ्न सुरु गरिन् । भर्खरै कक्षा ९ बाट पास भई १० कक्षामा भर्ना भएकी उनि नयाँ कक्षामा पढ्न उत्साहीत थिईन् । कोरोनाले तत्काल विद्यालय नखुल्ने भएपछि भानु नगरपालिका वडा ९ को कालिका मा.विमा अध्यनरत उनि आफनो घरमा दैनिक जसो पढ्ने गर्थिन् । अन्य दिन जस्तै सोमबार पनि उनि घरको पिढिमा ८० वर्षिय आफनो हजुर आमा तलिमाया सँग गफ गदै बसेकी थिईन् । अचानक घर माथि बाट पहिरो खस्दै गरेको आवाज सुनिन्। त्यसपछि उनिले सबैलाई चिचाउदै पहिरो खस्यो भन्दै आफुले पढ्ने किताब निकाल्न लागिन् । किताब निकाल्न नपाउदै उनलाई पहिरोले पुरिदियो । उनले पहिरो आयो भन्दै चिचाएका कारण पाँच सदस्यमध्ये तीनजना जोगिए भाग्न सफल भए । तर हजुर आमा सँगै उनि पनि पहिरोमा पुरिनन् । घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा पुरिएकी शितास्माको जीवितै उद्धार गरि उपचारको क्रममा नजिकैको स्वासथ्य संस्थामा पठाईयो । ठाउँ ठाउँमा बाटो बिग्रिएका कारण एम्बुलेन्स आउन नसकेपछि एक्साभेटरमा राखेर उपचारका लागि उनलाई स्वास्थ्य संस्थामा पठाइयो । उपचारको क्रममा उनको निधन भयो । पढ्ेर ठूलो मान्छे बन्ने उनको सपना त्यही अस्तायो । यता उनकी ८० वर्षीया हजुरआमा तिलमाया भने पहिरोमा पुरिएकी थिईन् । स्थानिय, प्रहरी लगायत अन्यको उद्धारको प्रयासमा मृत अवस्थामा हजुरआमाको शव फेला पारियो थियो ।

पहिरोमा पुरि बेपत्ता भएका राजेशको खोजी गर्न तालिम प्राप्त कुुकर

व्यास नगरपालिका९ माझफाँटमा े पहिरोमा पुरिएर बेपत्ता भएका राजेशको खोजीको लागि तालिम प्राप्त कुकरको परिचालन गरिएको छ । बेपत्ता भएका उनि एक सातामा नभेटिए पछि तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रमखु जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । पहिरोमा पुरिएका एकै परिवारका चार जनामध्ये तीन जनाको शव सोमबारै फेला परेको थियो। पहिरोमा बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी रहेपनि हाल सम्म पनि उनलाई फेला पार्न सकिएको थिएन ।

बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका ५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानी नेतृत्वमा सेना र नेपाल प्रहरी परिचालित छ। पहिरो गएको दिनदेखि स्थानीय, प्रहरी र सेनालगायतले बेपत्ता भएकाको खोजी थालेका थिए। यसक्रममा परिवारका तीन सदस्यको शव फेला परेपनि राजेश फेला नपरेका हुन्‌। उनलाई फेला नपारेपछि स्काभेटरको प्रयोग गरी खोजी गरिएको थियो । स्काभेटरको प्रयोगमा पनि फेला नपरेर पछि गण्डकी प्रदशको प्रहरी कार्यालय बाट तालिम प्राप्त कुकुर ल्याइएको हो । पहिरोमा पुरिएर उनकी आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको ज्यान गएको थियो। उनका बुबा ५० वर्षीय केशव थापा भने घाइते भएका छन्। हाल उनको पोखरामा उपचार भइरहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button