३८ औं वीपी स्मृति दिवसमा एक विशेष कार्यक्रम सम्पन्न

काठमाण्डौ श्रावण ६,
३८ औं वीपी स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रिय समाज, केन्द्रिय कार्यालय, चण्डोल काठमाडौमा वीपी विचार राष्ट्रिय समाज केन्द्रिय सह– अध्यक्ष श्री गोविन्दराज जोशी को सभापतित्वमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
समारोहमा समाजका सह– अध्यक्ष श्री गोविन्दराज जोशीले विशेष मन्तव्य दिनु हुदै वीपीले हिडेको बाटो र सिद्धान्तलाई काँगे्रसले त्याग गरेर कम्य्निष्टका मुद्धा वोकेर हिडेको परिणाम आज काँगे्रस इतिहासको सबै भन्दा कठिन मोडमा उभिन पुगेको छ । विगतमा काँगे्रसले गरेको गल्तीबाट सिकेर वीपीको विचार र चिन्तन अनुसार अगाडी बढ्यो भने नेपाली काँग्रेसले अझै पनि केही गर्न सक्छ भन्नुभयो । समारोहमा समाजका सदस्य श्री लोकेश ढकालले.वीपी विचार राष्ट्रिय समाजले वीपी विचार र चिन्तनलाई जनजनमा पु¥याउन र संगठनलाई अन्तराष्ट्रिय स्तरको नेपाली डायसफोरामा विस्तार गर्दै लग्ने क्रममा जापान र पोर्चुगलमा शाखा विस्तार भएको र समाजको जापान शाखाले वीपीको कृति ‘आत्म वृत्तान्त’ लाई जापानी भाषामा प्रकाशित गर्न लागेको कुरा जानकारी गराउनुभयो । समारोहको सुरुमा वीपी कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो । ३८ औं वीपी स्मृति दिवसको अवसरमा सह–अध्यक्ष श्रीे गोविन्दराज जोशीले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यावाद दिदै ३८ औं वीपी स्मृति दिवस सम्पन्न भएको जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button