भानुमा अवैध सालको काठ सहित नेपाली पक्राउ

दमौली खबर संवाददाता
दमौली, तनहुँ, असोज १२ । अवैध सालको काठ सहित भानु नगरपालिका–८ देउराली बस्ने बर्ष ४० को थमन नेपाली पक्राउ परेका छन् ।     मङ्गलबार साझ ७ ः४५ बजे भानु नगरपालिका –९ काउरेटारमा नेपालीले चलाएको ग १ त ४२०२ नं.को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ  । त्रिपालले छोपीएको अवस्थमा २१ गोलिया ५३.८८ क्युफिट अवैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो । बरामद सालको काठ र ट्याक्टर सहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय, तनहुँमा पठाईएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भानुको टोलीले नेपालीलाई नियन्त्रणमा लिएको थियो । काठको विगो अनुसार वन नियमावलीमा उल्लेख भए बमोजिम विगो कामय भई वन ऐन २०७६ बमोजिम कारबाहीको लागि अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button