छुवाछुद अन्त्यको लागि दमौलीमा सामुहिक रक्षा बन्धन

दमौली, २८ साउन । समाजमा त्रुटीको रुपमा रहेको छुवाछुत अन्त्यको लागि मद्धत पु¥याउने प्रमुख उद्धेश्यले बाह्मण समाज तनहुँले शुक्रबार दमौलीमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरेको छ ।
        समाजमा कूसंस्कारहरु धेरै भएको र त्यसलाई हटाएर एउटा सूसस्कृत र वैज्ञानिक ढङ्गको बनाउने लक्ष्य अनुरुपमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरिएको  समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । दलितलाई छुनुहुँदैन, उहाँले दिएको खानु हुँदैन भन्ने कूसस्कार थियो र केही अझै जकडिएर अहिले पनि बाँकी रहेकोले त्यसलाई अन्त्य गर्न मद्धत पु¥याउन कार्यक्रम गरिएको पाण्डेले बताउनुभयो । ‘जातभात भनेको केही हैन, हामी सबै नेपाली नागरिक हौं र हामी सबै मानिस हौं सबैको रगत रातो हुन्छ अध्यक्ष पाण्डले भन्नुभयो, सबै हामी एक आपसमा दाजुभाई हौं साझा भातृत्व विकासको लागि पनि मद्धत पुग्ने विश्वासले कार्यक्रम गरेका हौं’ ।
        जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने तथा मुल सस्कृतिको जर्गेनामा टेवा पुग्ने अपेक्षा लिएर कार्यक्रम गरिएको समाजले जनाएको छ । सामाजिक अगुवा तथा दलित समुदायले हरुले यस कार्यको प्रशंसा गरेका छन् । दमौली निवास भेगराम परियारले पुरानो  कूसस्कार र परम्परालाई मेटाउने यो  सह्रानीय भएको बताउनुभयो  । परियार सेवा समाज जिल्ला संयोजक रामबहादुर गुइदेल यसले जातीय विभेदको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । ‘हामी दलितबीच पनि विभेद कायम रहेको र त्यसलाई अन्त्य गर्न यस्ता कार्यमले टेवा पुग्ने देखिन्छ’ गुइदेलले भन्नुभयो । रक्षा बन्धन कार्यक्रममा सहभागी हुन आउनु भएका लक्ष्मण परियारले दलित समुदायले जनै बान्न हुँदैन घाउ हुन्छ भन्ने गरिएको स्मरण गर्दै त्यसलाई अन्त्यमा मद्धत पुगेको बताउनुभयो  । साथै उहाँले यस्ता कार्यक्रम देशैभरी लैजानु पर्ने । धनबहादुर परियार अझै पनि समाजमा विभेद रहेकाले राज्यबाटै सामाजिक सचेतना मुलक यस्ता कार्यक्रम गरिनु पर्ने बताउनुभयो  । कडाभन्दा कडा कानुन बनाएर काम गर्नु पर्ने उहाँको सुझाव छ ।
समाजका अनुसार कार्यक्रममा तीन सय १५ जनाले सामुहिक रक्षा बन्धन गरेका छन् ।
         दमौली निवासी गणेश गोतामे वर्षको एकचोटी मात्रै नलिइ अन्य समयमा पनि यस्ता सचेतना मुलक कार्यक्रम गरिनु जरुरी रहेको बताउनुभयो । गत वर्ष पनि  समाजले सामुहिक रक्षा बन्धन कार्यक्रम राखेको थियो । कार्यक्रममा विभिन्न जात जातिका मानिसहरु सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बिश्वकर्मा समेत सहभागी हुनु भएको थियो । सो अवसरमा मन्त्री बिकले समाजले अनुकरणीय काम गरेको भन्दै यस्ता कार्यक्रमलाई व्यापकता दिनु जरुरी रहेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button