प्राधिकरणको प्रमुखमा तनहुँका काफ्ले र दाहालको आवेदन

दमौली खबर संवाददाता

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुख बन्न तनहँुबाट रघुराज काफ्ले र शिव कुमार दाहालको आवेदन परेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको कार्यकारी निर्देशक(प्रमुख) बन्न ६ जनाले आवेदन दिएको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले उक्त सूचना जारी गरी नेतृत्व चयन गर्न लागेको हो। जस अनुसार तनहुँकाको व्यास ५ घर भई हाल काठमान्डौं बस्दै आएका रघुराज काफ्लेले पनि प्राधिकरणको लागि आवेदन पेश गरेका थिए ।

त्यस्तै भानु ६ का शिव कुमार दाहालले पनि आवेदन दिएका छन् । मन्त्रालयले ०७६ असोज ३० गते र मंसिर ४ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो। मन्त्रालयले सूचना जारी गरी भदौ ६ गते लिखित परीक्षा लिने जनाएको छ। सेजले नेतृत्व नपाउँदा नियमित कामहरु प्रभावित भएका थिए। दुई दशकअघिदेखि सेज स्थापना भएपनि उद्योगीहरु सेजमा उद्योगमा सञ्चालन गर्न आकर्षित हुन सकेका छैनन्। सेजमा स्थापना भएका उद्योगले ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधान छ। उद्योगीहरुले निर्यातको सीमा अझै घटाउन माग गर्दै आएका छन्। त्यस्तै प्राधिकरणको प्रमुखको लागि बागलुङका योगेन्द्र गौचन, काठमाडौका जनार्दन गुरागाई, गोरखाका डा. चण्डिकाप्रसाद भट्ट र दोलखाका प्रदीपकुमार मैनालीले पनि आवेदन दिएका छन्। भट्ट यसअघि पनि सेजको कार्यकारी प्रमुख भएर काम गरिसकेका छन्। मासिक ७५ हजार तलब बुझ्नेगरी नियुक्त भएका भट्टले पदीय जिम्मेवारी पूरा गर्न नसकेको कारण उनी बाहिरिन बाध्य भएका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button