जन्म दिनमा मृगौला पीडितलाई सहयोग

दमौली खबर संवाददाता

तनहुँमा क्रियाशिल युवा पत्रकार कृष्ण न्यौपानेले आफ्नो जन्म दिन मृगौला पीडितलाई सहयोग गरी मनाएका छन् । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारमा उनले आज रु पाँच हजार सहयोग प्रदान गरेका हुन् ।

रकम सानो भएपनि सबैले थोरै थोरै सहयोग गरेर श्रेष्ठको उपचारका लागि ठूलो सहयोग पुग्ने भएकाले सहयोग गरेको न्यौपानेले बताए । उनी राष्ट्रिय समाचार समिति लगायतका अन्य स्थानीय सञ्चार माध्यममा आवद्ध छन् । त्यसैगरी पीडित श्रेष्ठको उपचारमा सहयोग पु¥याउन अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकाको न्युयोर्क बस्ने डा. अविन ओझा र सिटल बस्ने अरुण ओझाले श्रेष्ठको उपचारका लागि रु १२ हजार सहयोग गरेका हुन् । सो सहयोग समेत पत्रकार न्यौपानेले पीडितलाई हस्तान्तरण गरेका थिए ।

कामको शिलशिलामा गत साउन २१ गते करेन्ट लागेर छोरा गुमाएका मिर्गौला पीडित श्रेष्ठलाई उपचारमा सहयोग पुगोस् र अन्यलाई पनि सहयोग गर्ने प्रेरणा जगाउन आफूहरुले सहयोग गरेको डा. अविन ओझाले बताए। उनका भाई अरुणले मिर्गौला पीडित श्रेष्ठको परिवारका बारेमा सामाजिक सञ्जालबाट थाहा पाएपछि केही सहयोग गर्ने इच्छा भएकाले थोरै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए। रकम हस्तान्तरणका अवसरमा पीडित श्रेष्ठको उपचारका लागि सहयोग गर्न गठन गरिएको म्याग्दे दमौली सम्पर्क समाजका सदस्य एवं पत्रकार विवि श्रेष्ठ समेत सहभागि थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button