तिज भड्किलो तरिकाबाट नमनाउन प्रशासनको आग्रह

मरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, भदौ ७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको चाड हरितालिका तिज भड्किलो तरिकाबाट नमनाउन आग्रह गरेको छ । प्रशासनले मङ्गबार सूचना जारी सो आग्रह गरेको हो ।
     सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा यस पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको गुनासो आउने गरेकोले सो नर्गन आग्रह गरिएको छ ।
साथै विज्ञप्तीमा आफ्नो रितिरिवाज निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महङ्गा गतिविधीसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न र नगराउन जिल्लावासीलाई अनुरोध गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button