नरभक्षी चितुवा आतङ्कले सामुदायिक वन डढेलोको मारमा

दमौली खबर संवाददाता

तनहुँ, वैशाख, २० गते

तनहुँका नरभक्षी चितुवा आतङ्कले गर्दा सामुदायिक वन डढेकोको मारमा परेका छन् । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

लामो खडेरीले गर्दा पनि धेरै सुकेका पात पतिगंर थुप्रिएकोले धेरै नोक्सान पुगेको पाईएको छ । व डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन वन अधिकृत काशीराज पण्डितले दिनु भएको जानकारी अनुसार चितुवाले बस्तीमा आएर मानिसमाथि आक्रमर्ण गर्न थालेकोले घर वरपर झाडी सफा गर्ने क्रममा बस्तीबाट जङ्गलमा डढेको फैलिँदै गएको छ ।

चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजानिक वनहरुमा आगलागी धेरै हुने गरेको पाईएको पण्डितले जानकारी दिनुभयो । ‘‘छ वर्षको अवविधमा तनहुँका १४ जना बालबालिको ज्यान गुमाएको र १७ जना घाईते भएकोले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकोले वनमा क्षती धेरै भएको पाईएको छ’’ पण्डितले भन्नुभयो । वनमा डढेलो लाग्दा चितुवाका आहारा, बँदेल, मृग, चराचुरुङ्गी मासिने, विरुवा नास हुने हुँदा पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने पण्डित बताउनुहुन्छ । जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियति वन, छ धार्मिक वन रहेको ति वनहरु मध्ये २५ प्रतिशत वनमा डढेलो लागेको सहायक वन अधिकृत पण्डितले जानकारी दिनुभयो ।

“डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचारप्रसार गरिए वस्ती वरपरको झाडीबाट सल्किएर फैलने गरेको पाईएकोले नियन्त्रण गर्न सकिएको छैन’’ पण्डितले भन्नुभयो । कतिपय व्यक्तिहरुले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा पनि सल्किने गरेको पाईएको डिभिजन वन कार्यालयले जनाएको छ । मानिसहरूले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्त्यिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नाका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धन, जन र सम्पदामा पनि क्षति पु¥याउँछ’’ काफ्लेले भन्नुभयो । डढेलो चितुवाको आहार मासिँदै जाने हुँदा आहाराको खोजीमा बस्तीमा आउने हुँदा डढेलो लगाउन नहुने काफ्ले बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button