महोत्सव सोच बिचार गरेर सञ्चालन गर्न जरुरी

दमौली खबर संवाददाता

दोस्रो पाटन खेलकुद, कृषि, व्यापार सास्कृति तथा पर्यटन महोत्सवको असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्मको लागि सुरु भएको छ । दशैं र तिहार जस्ता ठुलो चाडपर्व नजिएको बेला महोत्सवमा राखिएका स्टलमा बाहिरका व्यापरीहरु व्यापार गर्दा बजारमा महंगो भाडा तिरेर व्यापार नहुने चिन्ता छाएको छ । महोत्सवका तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बिरोध समेत गरेको छ । व्यापारीहरुको छाता संगठनसँग समन्वय गरेर महोत्सव गनुपर्दथ्यो । स्टल राख्नको लागि स्थानीयलाई मात्रै समेट्ने गरी गरेको भए उत्तम हुने थियो । समन्वय नहुनु आयोजको गल्ती हो । महोत्सवले आयोजना गरिसकिएकोले सफल बनाउनु दायित्व हामी सबैको हो । महोत्सवको अयोजक पाटन युवा क्लबले गल्ती कमजोरी सुधार गरी आगामी दिनमा स्थानीय व्यापारी तथा उद्योगीहरुको भावानालाई समेट्नु पर्दछ । महोत्सव नगरेको भए उत्तम हुने थियो होला तर सुरु भईसकेकोले सफल बनाउनु यहाँको बासिन्दाको दायित्व हो । महोत्सवले कला, सस्कृति संरक्षण टेवा पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालनमा विशेष ध्यान दिनु आवश्यक छ ।

 

Show More

Related Articles

Back to top button