उत्कृष्ट नतिजा ल्याएसँगै विद्यार्थीको रोजाईमा पर्दै पराशर कलेज

दमौली खबर संवाददाता
दमौली , भदौ ५
 उत्कृष्ट नतिजा ल्याएसँगै व्यास नगरपालिका–४ दमौली, बागबजार  स्थित पराशर कलेज विद्यार्थीको आकर्षण र अभिभावकको  रोजाइ रहँदै आएको छ । कलेजले यसपटक पनि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । दुई सय २० जना विद्यार्थी मध्ये १४३ जनाले उत्कृष्ट नतिजाका साथ उर्तिण भएका हुन् ।  गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा उक्त कलेज २०५८ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
कक्षा १२ र स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सोमबार कलेजले सम्मान तथा बधाई ज्ञापन गरेको छ । कलेजका पूर्व अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यमा कलेजले बधाई ज्ञापन गरेको थियो । सो अवसरमा वाग्लेले विज्ञान विषय पढ्न तनहुँमा कुनै पनि ठाउँ नभएको बेला स्थापना गरिएको र हाल साइन्स का साथै अन्य विषयमा राम्रो नतिजा ल्याएर गौरव राखेकोमा खुसी लागेको बताउनुभयो ।  वाग्लेले विज्ञान विषय पढ्न टाढा धाउनु पर्ने बाध्यतको अन्त्यको लागि कलेज स्थापना गरिएको जानकारी दिँदै विशेष गरी छोरीहरुले टाढा गएर पढ्न कठिन भएकोले सेवा मुलक भावानाले सञ्चालन गरिएको जानकारी दिनुभयो  । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले निजी स्तरमा भएपनि कलेज स्थापना गर्नुपर्छ भनेर स्थापना गरिएको उहाँको भनाई थियो ।
सो अवसरयमा यस क्षेत्रमा नै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । विविएस दोस्रो वर्षको नतिजामा नानी अधिकारीले ६७ दशमलव ८ प्रतिशत र दिपा प्याकुरेलले ६६ प्रतिशत अंक  ल्याई तनहुँ टप गरेको सम्मान गरिएको थियो । प्रमुख अतिथि वाग्ले, व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्खले र क्याम्पस प्रमुख अमृत भण्डारीले सयुक्त रुपमा सम्मान गर्नु भएको थियो । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष हड्खले , सहायक क्याम्पस प्रमुखद्धय मिनबहादुर कार्की र नारायण ढकाल लगायतले आगमी दिनका उत्कृष्ट नतिजा ल्याउने,  समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दै  जाने लक्ष्य रहेकोले सो पुरा गर्न सबै मिलेर लाग्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । सो अवसमा कलेजले विज्ञान लगायतका अन्य विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुने मात्र नभई पराशर माध्यामिक विद्यालय समेत उत्कृष्ट नजिता ल्याएको जानकारी दिईएको थियो  । गत वर्षको एसइइ नतिजामा सारा अधिकारीले ३.९५ प्रतिशत अंक प्राप्त गरी तनहुँ जिल्ला प्रथम हुन हुन सफल कलेजले जनाएको छ  । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख मिनबहादुर कुँवरले गर्नु भएको थियो  ।  प्लस टु मा साईन्स, मानविकी कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र स्नातकमा विए, विविएस, विएड  अध्यापन हुन्छ । कलेजमा सुविधा सम्पन्न भवन, पुस्तकालय, साइन्स ल्याब, कम्प्युटर ल्याब रहेको छ ।
प्लस टु मा कम्प्युटर साइन्स, व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुने उनको भनाइ छ । उनले भने, उहाँका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेज प्लटु तथा स्नातक तहमा पटक पटक तनहुँ जिल्ला प्रथम हुन सफल भएको छ।
विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्नको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत दक्षता हासिल गराउने उद्देश्यलले विभिन्न विषयका विषयगत विज्ञ प्रशिक्षकहरू राखेर नियमित रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएकोले उत्कृष्ट नतिजा ल्याउन सकिएको व्यवस्थापन समितिका अध्यक्ष हड्खलेले बताउनुभयो ।

Show More

Related Articles

Back to top button