मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित

दमौली खबर संवादादाता

चैत ७

तनहुँ जिल्लको व्यास नगरपालिका वडा नं. ३ देखी वडा नं. ७ र १० का विभिन्न क्षेत्रमा मादीनदिले कटान गरी सयौँ रोपनी खेतियोग्य जमिन र बस्तीहरुमा क्षति पु¥याएपछि संघ र गण्डकी प्रदेश सरकारले मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित भएका छन् ।

प्याकेज एक अन्तर्गत २०७९ जेठ ६ गते सम्झौता भएको भतेरी र पाटनक्षेत्र संरक्षणका लागि २ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको छ । उक्त प्याकेजका लागि एम आर एण्ड रुप प्रा. लि. भरतपुर चितवनसँग ठेक्का सम्झौता भएको थियो ।

अहिले उक्त कम्पनीले काम सम्पन्न गर्ने क्रममा रहेको छ । जसका लागि २० लाख विनियोजन भएको र बाँकी रकम आएपछि भुक्तानी हुने जलस्रोत सिंचाई विकास डिभिजन कार्यालय तनहुँ दमौलीका सुचना अधिकारी जगन्नाथ चापागाइँले जानकारी दिनुभयो । यसैगरी संघको ससर्त अनुदान (विशेष) मादी नदी नियन्त्रण आयोजना अन्तर्गत व्यास तीन देखी सात र दश वडामा नदी नियन्त्रण लागि ८ करोड ६३ लाखमा सम्झौता भएको पनि सुचना अधिकारी चापागाईले बताउनुभयो । प्याकेज २ अन्तर्गत गौशाला देखी पाटन क्षेत्रको संरक्षण गर्ने गरी सिद्धान्त अमन जे.भी.ले ठेक्का पाएको र सम्झौता रकम ९ करोड ३५ लाखमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । मादी नदीमा यसरी तटबन्ध र नदी नियन्त्रणको काम भएपछि प्रभावित बासीन्दाहरु बर्षाको समयमा उर्लिएर आउने मादी नदीले आफ्नो खेतबारी र बस्ती लाई जोगाउनेमा आशावादी रहेका छन् । व्यास ३ निवासी मिश्रीमाया श्रेष्ठले नदीले केही जग्गा लगिसकेको र बचेको जग्गालाई सरकारले तटबन्ध गरी जोगाउने काम गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । दमौली निवासी हरि राना सरकारले मादीनदी नियन्त्रणका लागि करोडौँ खर्चेर तटबन्धको काम सुरु गरेकोमा सदरमुकाम नजिकको खेतबारीमा खनीखुस्री गरी खानपाउने अवस्था आएको बताउनुभयो । यसरी मादी नदीमा आउने बाढीले बर्षेनी सयौँ रोपनी जग्गा र मानव बस्तीहरु समेत जोखिममा पार्ने गरेकोमा केन्द्र र प्रदेश सरकारले नदी नियन्त्रण गर्ने कार्यलाई जिल्लाबासीहरुले सकरात्मक कदमका रुपमा लिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button