तनहुँको साराङ्घाट सबस्टेशन सञ्चालनमा

दमौली खबर संवाददाता

दमौली, चैत ७ गते

बन्दीपुर गाउँपालिका– ६ साराङघाटमा निर्माण गरिएको ३३÷११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई रुपमा विद्युुत प्रशारण गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको सव स्टेशन सञ्चालनमा आएको हो । सबस्टेशनको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गर्नुभयो ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने गरी काम भइरहेको बताउनुभयो । ‘सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा रहेको घिसिङले बताउनुभयो । विद्युतिकरणको लक्ष्यलार्य पुरा गर्न अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेको उहाँले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक रुपमा कार्य भईरहेको बताउनुभयो । विद्युतीकरणमा एसियाली विकास बैंकको ठूलो सहयोग रहेको उल्लेख गर्दै उहाँले सबस्टेसन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाल आवासीय नियोग प्रमुख कुश्वाले विश्वको विद्युत् पहुँचको वार्षिक बृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा यसको तुलनामा नेपालको धेरै तिब्र दर अर्थात ४.३ प्रतिशत हुनु खुसीको कुरा भएको बताउनुभयो । ‘‘विद्युत प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौं उहाँले नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर हुन्छ’’ उहाँले भन्नुभयो । नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उहाँको भनाई थियो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत कार्यान्वयन भएको तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको तनहुँ हाईट्रोपावर लिमिटेडका प्रबन्धक श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका– ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको प्रबन्धक भण्डारीले जानकारी दिनुभयो । ‘‘तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो’’ भण्डारीले भन्नुभयो । आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् । सराङघाट सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् ।

तनहुँ जिल्ला सारभूतरुपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दै दुई महिनाभित्र पूँजिकरणको काम सम्पन्न भएको हो । दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५को मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको लिमिटेडले जनाएको छ ।

१४० मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button