तनहुँमा वैशाख १० गते उपनिर्वाचन हुने

दमौली खबर संवाददाता

दमौली, चैत ७

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछी ती स्थान रिक्त भएकोले निर्वाचन आयोगले सो मितिमा उपनिर्वाचन हुने जनाएको छ ।

आयोगले यसअघि नै चितवन–२ मा रिक्त रहेको स्थानमा वैशाख १० मा उपचुनाव गर्ने निर्णय गरिसकेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको जनाएको छ । आयोगले २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका अयोगले सार्वजनिक गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button