भिडभाड नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय तनहँुले कोरोना संक्रमण नियन्त्रणका होलीमा सामुहिक रुपमा भेला भई भिडभाड नगर्न आग्रह गरेको छ । भारतसहित विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै प्रशासनले भिडभाड हुने कुनै पनि कार्य नगर्न सबैमा अपिल गरेको हो । मंगलबार एक विज्ञप्ती निकाल्दै जिल्ला संकट व्यवस्थापन केन्द्र तनहँुले भारतमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्न लगाएको हो ।

भारत सँग खुल्ला सिमा रहेकाले तनहँुमा समेत कोरोना संक्रमण बढ्न सक्ने भन्दै सरकारले जिल्लामा जात्रा, मेला महोत्सव, कन्सर्ट जस्ता भिडभाड हुने कुनै पनि कार्य नगर्न आग्रह गरेको हो । भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग गर्न सबैमा अपिल गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बारम्बार हात धुने र सेनिटाइजरको प्रयोग गर्ने बानी पुनः बसाल्न अपिल गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button