सांसद श्रेष्ठद्धारा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दाबी

दमौली खबर संवाददाता
तनहुँ, भदौ ७ गते । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम् निर्वतमान श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँबाट नै उम्मेद्धवार बन्ने बताउनु भएको छ । । प्रतिनिधी सभा सदस्य समेत रहनु भएका श्रेष्ठले मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी तनहुँको क्षेत्र नम्बर १ बाट आफू सङ्घीय निर्वाचनको उम्मेद्वार बन्ने बताउनु भएको हो । आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल हुने भएपनि तनहुँ क्षेत्र नम्बर १ बाट आफू नै उम्मेदवार बन्ने बताउनुभयो । चुनावी तालमेलको क्रममा जहाँ जुन पार्टीको उम्मेदवारले जितेको छ त्यही पार्टीले टिकट लिने भन्ने सहमती भएकाले आफुले पाउनु पर्ने श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेशमा आफ्नो पार्टी तर्फबाट प्रतिनिधी सभामा आफू मात्रै सदस्य भएकाले सिङगो प्रदेश समेट्नको लागि पनि आफूले टिकट पाउनु पर्ने श्रेष्ठको भनाई थियो ।
     आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल हुने भएपछि तनहुँ क्षेत्र नम्बर १ बाट आफू नै उम्मेदवार बन्ने श्रेष्ठले भन्नुभयो । वरिष्ठ नेता पौडेल राष्ट्रिय नेता भएकोले अन्य निर्वाचन क्षेत्रबाट लड्न सक्ने हुँदा समाजवादीको तनहँुँमा दाबी हुने श्रेष्ठको भनाई छ श्रेष्ठले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट हराउनु भएको थियो  तत्कालिन नेकपा (एमाले)का उम्मेदवार श्रेष्ठ हाल नेकपा एकिकृत समाजवादीमा हुनुहुन्छ ।
सो क्षेत्रमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । पाटी सभापति शेरबहादुर देउवा, गृह जिल्लाका केन्द्रीय सदस्य सार्थीहरु र जिल्ला सभापतिसँग राखेर कुरा गरिसकिएको र समझादारी भईसकेको आफू नै उम्मेद्वार बन्ने पौडेलको हालै गृहनगर तनहुँमा सञ्चारकर्मीसँग बताउनु भएको थियो । त्यस्तै पौडेलले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि सहमती भएको बताउनु भएको थियो । ‘म तनहुँबाटै उम्मेदवार बन्ने हो म जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु’ भनि वरिष्ठ नेता पौडेलले बताउनु भएको थियो । यसै गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि  तनहुँको क्षेत्र नम्बर १ बाटै उम्मेदवारीको दाबी गरिसक्नु भएको छ । शुक्रबार व्यास नगरपालिका–११ मा गरिएको कार्यक्रममा भट्टराईले सो दाबी गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button