छोरा र छोरीमा भेदभाव नगरौं

नेपालको कानुनले छोरा र छोरीबीचमा विभेद गर्न पाइदैन तर व्यवहारमा भने लागू हुन सकेको छैन । छोरा र छोरीबीचको विभेदको विभिन्न कारण मध्ये छोरी किरियामा बस्नु हुँदैन भन्ने हो । तर त्यस विभेदलाई छिचोल्नको लागि छोरी किरिमा बसेर तोडेका थुप्रै उदाहरणहरु छन् ।
छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँकी  महिला उद्यमी धनु राना आफ्नो बुवाको किरियामा बसेर राम्रो सन्देश प्रवाह गर्नु भएको छ । बुवा लिलबहादुर रानाको मृत्यु भएपछि धनुले  माईतीघर भिमाद नगरपालिकाको रघुमा किरिया गरेर परिवर्तनको काम गरेर धन्यवादको पात्र बन्नु भएको छ । बुवाआमाको अन्तिम संस्कारमा सन्तानको बराबरी दायित्व हुन्छ भन्ने सन्देश दिन मद्धत पुगेको छ । १३ दिनसम्म नै किरियामा बसेर धनुले शाहसिक कार्य गर्नुभएको छ ।
मृतकको छोरो भएपनि विरामी हुनुभएकोले छोरीले किरिया बसेर छोरा र छोरी बराबर भन्ने सन्देश प्रवाह गर्नु भएको छ  “दाई जस्तै म पनि बुवाको सन्तान हुँ, बुवाको काजकिरिया गर्नु मेरो दायित्व हो, फेरि मेरो दाई मृगौलाको बिरामी हुनुभएकोले डायलिसिसका लागि अस्पताल गैरहनुपर्ने भयो, त्यसैले म किरियामा बसेको हुँ” भनेर धनुले भनेर क्रान्तिकारी विचार पनि प्रस्तुत गरेर सचेतना जगाउनु भएको छ । छोरा छोरी दुवै बराबरी हुन् भन्ने समाजले नबुझेको कारणले गर्दा छोरीलाई गर्भमै मार्ने गरिन्छ ।
छोरी भए भिडियो एक्सरे गरेर मार्ने छोरा भए जन्म दिने अपराध भईराखेका छन् । छोरी किरिया बस्ने शाहस गर्नेलाई स्थानीय आमा समुह महिलाले सम्मान गर्नुपर्छ । त्यस्ता कार्य गर्नेलाई सार्वजानिक समारोहमा ल्याएर सम्मान गर्ने हो भने महिलालाई काम गर्न हौंशला मिल्छ । यस्तो कार्य गर्नेलाई हौंसला प्रदान गर्नु हामी सबैको दायित्व हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button