शुक्लागण्डकीको आठौँ नगरसभा दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले बताए । शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा निर्माणधिन कृषि उपज संकलन केन्द्र सञ्चालनका लागी निर्देशिका बनाईएको उनले बताए । ‘साझा सहकारीको जग्गामा कृषि उपज संकलन केन्द्र निर्माण हुदैँछ । नगरपालिकाका सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनेको छ’ नगरसभामा निर्देशिका प्रस्ताव पेश गर्दै मेयर गुरुङले भने ।

उनका अनुसार उक्त केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहनेगरी सञ्चालनमा ल्याईनेछ । यस्तै नगरको बिकासमा सघाउनका लागी सार्वजनिक निजी साझेदारी ऐनको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ । सातौँ नगरसभाबाट पारित भएको बजेटमा समावेश निती तथा कार्यक्रमको श्रोतान्तर र रकमान्तरसंगै योजनको शंसोधन गर्ने निर्णय नगरसभाले गरेको प्रवक्ता खिमबहादुर कुमालले बताए । नगरपालिका जटिल समस्याका रुपमा खडा भएको फोहोरमैला व्यवस्थापनका लागी पनि विभिन्न पालिकाले गरेको अभ्यास अनुसार अगाडी बढ्ने निर्णय भएको छ । फोहोरमैला व्यवस्थापनका लागी टेन्डर परेपनि अख्तियारमा उजुरी परेपछि कार्यन्वयन हुन सकेको छैन् । यस्तै करारमा रहेका कर्मचारीको सेवा नविकरण गर्ने निर्णय समेत गरिएको छ ।

सरकारले गठन गरेको भुमी सम्बन्धि समस्या समाधानका आयोगको लागी बजेट रकमान्तर गरिएको छ । लक्षित वर्ग अन्तर्गत विनियोजित आदिवासी जनजाती, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागी छुट्याईएको रकमबाट २० लाख रुपैयाँ आयोगका लागी रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिए । सभामा शुक्लागण्डकी ११ बिसौना राईपुरमा शिलन्यास गरिएको १५ शैय्याको अस्पतालको बिषयमा समेत छलफल भएको छ । यो अस्पताल नगरपालिकाको सहमतिबिना बिसौनामा शिलन्यास भएको हो । नगरबासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउनुपर्नेमा नगरसभा सदस्यहरुले जोड दिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button