गोरखाका दिनेशले जिते सचिन स्मृति दौड प्रतियोगिताको उपाधी

दमौली खबर संवाददाता

तनहुँ, फागुन ८

रोट¥याक्ट क्लव अफ दमौलीले दमौलीमा आयोजित २० औं स्व. सचिन स्मृतिमा खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नु भएको छ ।
व्यास नगरपालिका–३ दमौलीको अनसन चौतारी देखि व्यास नगरपालिका १४ छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेन्डमा पार गर्दै गुरुङले उपाधी हात पानु भएको हो । प्रतियोगितामा आँबुखैरेनी–१ का सनम गुरुङ द्वितीय हुनुभयो । उहाँले ३० मिनेट १० सेकेन्डमा पार गरेर र द्धितीय हुनु भयो । यस्तै ललितपुर –४ का ब्रिकेश घिमिरेले ३० मिनेट ४२ सेकेन्डमा पार गरी तृतीय हुनु भयो । खुल्ला दौडमा प्रथम हुनेलाई रु १४ हजार, द्वितीय हुनेलाई रु १२ हजार, तृतीय हुनेलाई १० हजार नगद प्रदान गरियो । यसैगरी भानु –१२ का अनिल माजकोटी, ऋषिङ – ६ की सुस्मिता रानाभाट, व्यास –१ का कृतिक घर्ती सान्त्वना हुनुु भएको छ । उहाँहरुलाई जनही रु २ हजार प्रदान गरिएको छ । भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस प्रतियोगिताले छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
दमौलीको अनसन चौतारीबाट सुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताउनुभयो । यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल हुनुहुन्थ्यो । सो अवसरमा प्रजिअ रिजालले परिवर्तन यहि उमेर समुहका युवाले सुरु गर्ने गरेको र गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री र रोटरी क्लब अफ दमौलीका अध्यक्ष रामलाल श्रेष्ठले युवाको क्षेत्रमा विशेष काम रोट¥याक्ट क्लबले गर्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । प्रतियोगितामा ८८ धावकको सहभागिता रहेको थियो । प्रजातन्त्र दिवसको उपलक्ष्यमा क्लबले प्रतियोगिता गरेको थियो । विगतका वर्षहरुमा प्रशासनचोकबाट सुरु भई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि दुई वर्ष अघिदेखि दौडको रुट परिवर्तन गरिएको हो । पृथ्वीराजमार्ग दौड गर्दा दुर्घटनाको जोखिम धेरै हुने भएकोले रुट परिवर्तन गरिएको आयोजक जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button