शिक्षामा राज्यले लगानी बढाउनु पर्ने पूर्व शिक्षामन्त्री जोशीको भनाई

दमौली खबर संवाददाता

भानु, मानेचौका, फागुन ८

पूर्वशिक्षामन्त्री तथा नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सामुदायिक विद्यालय विद्यार्थीको रोजाई पर्ने गरी काम गर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।
नेता जोशीले आईतबार तनहुँको भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन माध्यामिक विद्यालयमा साउदी सरकारको विकासको लागि साउदी कोष परियोजनाद्धारा निर्मित नव निर्मित १२ कोठे भवनको उद्घाटन गर्दै सो आग्रह गर्नु भएको हो । भारतको नयाँ दिल्लीमा ४ लाख विद्यार्थी बोडिङ छोडेर सरकारी विद्यालयमा भर्ना हुन आएको उल्लेख गर्दै नतिजा सुधार गरेर सामुदायिक विद्यालय रोजाईमा पार्नु पर्ने बताउनुभयो । ‘‘मलाई धेरै दरबन्दी खाली छ हामीले जागिर खान नपाउने भनेर भन्नुहुन्छ , नपढाएर हल्लिएर खाने हो ? प्रश्न गदै जोशीले भन्नुभयो, पढाएर खान्छु भन्ने मानसिकता छैन ।’’ प्रतिस्पर्धामा उत्रिएर अग्रणी स्थानमा कसरी पु¥याउन सकिन्छ भनेर शिक्षकले सोच्नु पर्ने उहाँको भनाई थियो । राम्रो शिक्षा दिने विद्यालय कसरी बनाउन सकिन्छ भनेर सोच्नु पर्ने बेला आएको नेता जोशीले बताउनुभयो ।
अधिकांश सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्था भएपनि शैक्षिक सुधार हुन नसक्दा नतिजा राम्रो नआएको नेता जोशीले बताउनुभयो । शिक्षकहरुले आफ्नो कर्तव्यलाई राम्रो सँग पालेर जागिर खानको लागि नभई शिक्षा सुधार गर्नुपर्छ भन्ने भावानाले काम गर्नु पर्ने नेता जोशीले बताउनुभयो । नेता जोशीको शिक्षामा राज्यले लगानी बढाउन जरुरी रहेको बताउनुभयो । देश विकासको मरुदण्ड शिक्षा नै भएकोले लागानी बढाउनु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भानु नगरपालिका–११ का वडाध्यक्ष विमलराज जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेता गोविन्दराज जोशीको पहलमा साउदी सरकारको २ करोड ७२ लाख लागतमा सो विद्यालयको भवन निर्माण गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका तत्कालिन प्रमुख स्वर्गिय सूर्य क्षेत्री रानाभाटलको परिवारलाई भवन निर्माणको लागि मद्धत पु¥याएको भनि सम्मान गरिएको थियो ।
नेता जोशीले आज नै सोही स्थानमा रहेको त्रिभुवन क्याम्पसले शुरुवात गरेको स्नाकोत्तर तह शिक्षा शास्त्र संकायको शुभारम्भ गर्नु भयो । सो अवसरमा नेता जोशीले आफू शिक्षामन्त्री हुँदा त्रिभुवन विश्व विद्यालयले मात्रै शैक्षिक विकासको लागि काम गर्न नसक्ने हुँदा तीन वटा विभिन्न विश्वविद्यालय थप गरेको स्मरण गर्नुभयो । नेपालको सबै विश्वविद्यालय नेपाल सरकारले बनाएको ऐनको आधारमा स्थापना भएकोले समान रहेको नेता जोशीले बताउनुभयो । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी डिग्री तह सञ्चालन गर्ने भानु नगरपालिकाकै पहिलो क्याम्पस भएकोमा बधाई दिँदै नगरपालिकाको तर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । क्याम्पस प्रमुख रविन्दराज जोशीले विपन्न विद्यार्थीले गाउँमै ढिडो खाएर पढ्ने अवसर पाएको बताउनुभयो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button