देवघाटका सुंगुर र बंगुर पालक कृषकलाई फिनेल र साबुन वितरण

दमौली खबर संवाददाता
चैत १९ दमौली
विश्भर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा र नेपालमा पनि यसको संक्रमण देखिन थालेको र पशुपन्छीको कारण पनि अन्य रोगहरु देखिन सक्ने हुँदा त्यसबाट नागरिकलाई जोगाउन देवघाट गाउँपालिकाले सुंगुर र बंगुर पालक कृषकलाई फिनेल र साबुन वितरण गरेको छ । वडा नम्बर ५ का वडा अध्यक्ष यलबहादुर गुरुङले ५ नम्बर वडा भित्र रहेका सुंगुर र बंगुर कृषकको घरमा पुगी फिनेल र साबुन वितरण गरेको थियो । गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन र साथै कोरोनाको जोखिम कम गर्न पनि पशु पन्छीका खोरहरुमा थप सरसफाई ध्यान दिनु पर्ने भन्दै अध्यक्ष गुरुङले कृषकलाई चेतना जगाउने उद्देश्यले फिनेल र साबुन वितरण गरिएको उहाँले बताउनु भएको थियोे।
सो अवसरमा अध्यक्ष गुरुङले कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा विशेष ध्यान दिनु पर्ने र अहिले सरकारको लागु गरेको लकडाउन समय अवधिभर सबैले घरमै बस्न आग्रह समेत गर्नुभएको थियो।
वडा कार्यालयले आज मंगलबार भतेरी टोलबिकास सस्थालाई सावुन वितरण गरेको थियो ।
कोरोनाको संक्रमणबाट देवघाटबासीलाई जोगाउन देवघाट छिर्ने सबै नाकाहरुमा कडाई गरिएको र यातयातका साधनलाई पुर्ण बन्द गरिएको ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज शिलवालले बताउनु भएको थियो।
देवघाट गाउँपालिका कार्यालयले यसअघि हातधुनका लागि ठाउँठाउँमा वाल्टिनसहितको सावुनपानीको व्यवस्था गरिएको छ भने कोरोनाबाट वच्न जनचेतना मुलक सन्देश पनि प्रवाह गरिरहेको देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभएको थियोे।
साथै लकडाउनको अवधिभर ज्याला मजदुरी गर्ने विपन्न बर्गका नागरिकमा खानाको समस्या हुन नदिन त्यस्ता नागरिकको तथ्यांक संकलन भइ रहेको हुनाले तत्काल त्यसलाई सम्वोधन गर्ने देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले बताउनु भएको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button