क्लबलाई खेलकुद सामग्री प्रदान

युवाहरुलाई खेलकुदमा रुचि राख्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेस तनहुँ र युथ काङ्ग्रेस नेपाल तनहुँद्वारा व्यास ६ शिशाघाटमा स्थित ग्यालेक्सी युवा क्लबलाई खेलकुद सामग्री प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सकायका पुर्व डिन एवम् ने.का. महासमिती सदस्य प्रा.डा. कृष्ण गौतम ले क्लबका अध्यक्ष रामसिं दुरा लगायत त्यस क्लबका टिमलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले खेलकुदले युवाहरुमा अनुशासनमा बस्न सिकाउने र अध्ययनलाई थप सहयोग पुग्ने बताउने बताए । क्लबका अध्यक्ष दुराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांगे्रस तनहँुका सदस्य अशोक कुमार श्रेष्ठ, मोहन गिरि, व्यास ६ का वडा अध्यक्षसुर्यभत्त भण्डारी, रेड्क्रसका केन्द्रिय सद्स्य प्रदिप घिमिरे, नेपाली कांगे्रस व्यास ६ का सचिब मोहन भण्डारी, युथ नेपाल तनहुँका अध्यक्ष राजेश कुमार श्रेष्ठ, मुस्लिम समुदाय प्रदेश सद्स्य निजमित मिया लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button