कोरोनाको त्रासै त्रासमा परिक्षा

सत्यवती मावीका अमृत सापकोटा गएको वैशाखमा कक्षा १२ को परीक्षा दिने तयारी गर्दै थिए । त्यै बेला कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखी देशव्यापी लकडाउन ग¥यो । लकडाउनमा शैक्षिक संस्था पनि ‘लक’ भएपछि कक्षा १२ को परिक्षा अनिश्चित बन्यो । ८ महिनापछि मंगलबारदेखी कक्षा १२ को परीक्षा सुरु हुदाँ अमृतलाई पढाईको प्रेसर बढेको छ नै । लामो समयसम्मको बन्दले पढाईमा असर पु¥याएपनि परिक्षा दिएपछि ढुक्क हुने उनी बताउँछन् । ‘चैतमै परीक्षा दिने तयारी थियो । लकडाउनले रोकियो’ सापकोटा भन्छन्, ‘अहिले तयारी कम भएपनि परीक्षा दिन पाएपछि ढुक्क हुनेछ ।’

पोहोर परारको जस्तो परीक्षा केन्द्र देखिदैनन् । विद्यार्थीको बाक्लो जमघट छैन् । विद्यार्थी रोजेकै परिक्षा केन्द्रमा परीक्षा दिन पाएका छन् । परीक्षा केन्द्रमा परीक्षार्थीलाई मास्क र स्यानीटाइजर अनिवार्य गरिएको छ । थर्मल गनले ज्वरो नाापेर तापक्रम ठिक भएमात्रै परीक्षा हलमा प्रवेश गर्ने अनुमति दिइन्छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र परीक्षार्थी हलमा बसेका छन् । एउटा बेञ्चमा एक जना मात्र बसेर परीक्षा दिएको अमृतले सुनाए । शुक्रबारदेखी परीक्षा सुरु भएपछि विद्यार्थीहरु उत्साहीत देखिएका छन् । तनहुँमा पहिलो दिनको परिक्षा शान्तीपुर्वक सकिएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको परीक्षा जनस्वास्थ्यका मापदण्ड अपनाएर देशभर सुरु भएको हो ।

तनहुँको व्यास नगरपालिकाका विद्यालयमा पहिलो दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले बताए । ‘परीक्षा अनुगमन पनि गरेका छौँ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनेका छौँ’ उनले भने । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने सहित प्रमुख जिल्ला अधिकारी सागर आर्चाय पनि अनुगमनमा निस्किए । ‘परीक्षालाई मर्यादित बनाउन अनुगमन गरेका हौँ’ न्यौपानेले भने, ‘परीक्षा राम्रोसँग चलेको छ ।’

बिहान ८ बजे देखी साढे ९ बजेसम्म परिक्षा चलेको छ । आगामी १६ गते सम्म परीक्षा सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले ४० पुर्णाङकको मात्रै परीक्षा सञ्चालन गरेको हो । विगतका बर्षमा १०० पुर्णाङकको परीक्षा हुने गरेकोमा यो बर्ष ४० नम्बर कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्यांकनबाट दिइनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button