लाइसेन्सको परीक्षा अर्काको दिने र दिन लगाउने तनहुँका दुई महिला प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता
दमौली, भदौ २५ ।
 सवारी साधन अनुमतिपत्रको लाइसेन्सको परीक्षा अर्काको दिने र दिन लगाउने तनहुँका दुई महिला प्रहरी नियन्त्रणमा  परेका छन् ।
 मकवानपुर घर भइ पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्ने २६ वर्षीय निर्मला विश्वकर्मा र तनहुँ भानु–४ घर भइ पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने ३५ वर्षीय निरा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रानाभाटले तनहुँको भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको नाममा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई लगाएपछि पाण्डे र रानाभाट दुईलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवैलाई शिक्षा ऐन सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button