तनहुँमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु गठन

दमौली खबर संवाददाता
दमौली, भदौ २५।
 नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) तनहुुँ गठन गरिएको छ । सो पार्टी निकट विद्यार्थीहरुको शनिबार दमौलीमा गरिएको भेलाले सुशन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको  उपाध्यक्षमा राहुल नेपाली सचिवमा समिता बिक, उपसचिवमा आदर्श श्रेष्ठ  र कोषाध्यक्षमा  सुनिता थापा चयन हुनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरुलाई निरंकुशता र प्रतिगमन विरुद्धको एकजुट हुन निर्देशन दिनुभयो । उहाँले देशको विरुद्ध सरकार सञ्चालकले उठाएको कमदमा जागरुक भएर लाग्नुपर्ने बताउदै लोकतान्त्रिक गणतन्त्र र जनजादी समाजवादी शिक्षा प्रणालीका  पक्षधर बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
भेलामा नेकपा एस तनहुँकी उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव दुर्गाकुमार श्रेष्ठ, उपसचिव गजिन्द पन्थ, सचिवालय सदस्य रनसिंह नेपाली, लगायतले पार्टीको आधारस्तम्भ विद्यार्थीहरु भएको बताउनुभयो । उहाँहरुले पार्टीले अंगिकार गरेको मुद्धामा सहयोग बन्नुपर्नेमा जोड दिनु भएको थियो । किरण नेपालीको अध्यक्षतामा भएको भेला मार्फत अनेरास्ववियुको ईकाईलाई जिल्ला भर विस्तार गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मंसिर ४ गते घोषित संघ तथा प्रदेशको निर्वाचनलाई मद्धत पु¥याउन गठन गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button