कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तामाङ २० वर्ष पछि पक्राउ

दमौली खबर संवाददाता
तनहुँ, भदौ २५ गते । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।  भानु नगरपालिका–८ घर भई फरार रहेका ४१ वर्षिय अनुप श्रेष्ठ पक्राउ परेका हुन् ।
 २०६० साल साउन १८ गते राती १२ः ३० बजे भानु नगरपालिकाको– ६ बस्ने बर्ष ५५ को चाउरे श्रेष्ठलाई कोदालोले टाउको प्रहार गरी मृत्यु भएको मुद्धामा फरार रहेकोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त श्रेष्ठ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्ला अन्तर्गतको वडा एरियामा लुकिछिपी बस्दै गरेको पत्ता लगाई जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)सँग आवश्यक समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
निजको खोजतलासको क्रममा नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित राजमार्ग सडकमा बा.प्र.०३–००१ ह १५६८ नं. को टेम्पो चलाई हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार तनहुँ जिल्ला अदालतबाट  छ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button