दमौलीमा होटल व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सञ्चालन

दमौली खबर संवाददाता

दमौली, भदौ ३ गते

तनहुँको सदरमुकमा दमौलीमा होटल व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सञ्चालन गरिएको छ ।

क्षेत्रीय होटल संघ तनहुँको आयोजनामा तीन दिने रेष्टुरेन्ट एण्ड बार स्ट्यान्डर्ड म्यानेजमेन्ट ट्रेनिङ शुक्रवार बाट दमौलीमा सुरु गरिएको हो । होटलमा आउने पाहुनालाई कसरी स्वागत गर्ने, कस्तो व्यवहार गर्ने, कस्तो सर्भिस दिने र सरसफाइमा कसरी ध्यान दिने भन्ने लगायतका कुराहरू तालिम प्रदान गरिएको सङ्घले जनाएको छ । तालिमको होटल एसोसिएसन नेपाल हानका केन्द्रीय महासचिव साजन शाक्यले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा शाक्यले तालिममा सिकेको सीप व्यवहारमा उतार्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले आफू जनप्रतिनिधि भएको ७ बर्ष हुन लाग्दा बल्ल यस किसिमको तालिम भएको पाएको बताउनुभयो । तालिमले तनहुँका होटलहरूमा काम गर्ने ब्यक्तिहरूलाइ कस्तो खालको व्यवहार गर्नुपर्ने रै’छ भन्ने शिक्षा दिने श्रेष्ठले बताउनुभयो । यस्तै व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाले सर्टिफिकेटलाइ दराजमा थन्क्याउने नभइ जानेको कुरा व्यवहारमा उतार्ने गरि काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र श्रेष्ठले हान सँग सहकार्य गरेर अगाडि बढ्न वाणिज्य संघ तयार रहेको बताउनुभयो । क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाहीकोअध्यक्षतामा भएको कार्यक्रममा संघका कानुनी सल्लाहकार कमला मोहन वाग्ले , भुपु सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारा लाल मल्ल , प्रशिक्षक प्रवेश आचार्य ,संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ , वरिस्ठ उपाध्यक्ष विकास खनाल , प्रथम उपाध्यक्ष चन्द्रकुमार कायस्थ , महासचिव रामचन्द्र खड्का , शंकर अधिकारी लगायतका वक्ताहरूले बोलेका थिए । शुक्रवारबाट आइतबार सम्म गरि तीन दिन चल्ने तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाइ प्रशिक्षण दिन बरिष्ठ प्रशिक्षक आएका छन् । २०६३ सालमा तनहुँमा स्थापना भएको होटल संघको तनहुँ जिल्ला भरि ६ वटा इकाईहरू रहेको छ । तालिममा सबै इकाई बाट प्रतिनिधित्व हुने गरि प्रशिक्षार्थीहरू आएको संघका प्रथम उपाध्यक्ष चन्द्र कायस्थले जानकारी दिनुभयो । तालिम निशुल्क हुने भएको हुँदा धेरै जनाले इच्छा राखेको कायस्थले जनाएको । सङ्घका अनुसार तालिम लिएका प्रशिक्षार्थीहरूलाइ सिटिभिटीको प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button