कुरुति तोड्ने अभियानलाई व्यापकता दिऔं

दमौली खबर संवाददाता

नेपाली समाजमा मरेपछि काजक्रिया गर्न र शव बोक्न छोरा चाहिन्छ भन्ने कुसंसार कायम नै छ । यही कुसंस्कारले जरो गाडेकोले गर्दा लिंग पहिचान गरी छोरी भए गर्भ पतन गर्ने गरिन्छ । लिंगको आधारमा गर्भपतन गर्न कानुनले बन्देज गरिएको भएपनि लुकीछिपी घटना भईरहेका छन् । पितृ सोचले गर्दा छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने गलत सोचाई अहिले पनि कायम नै छ । यही गलत सोचाईलाई तोड्न तनहुँका दमौलीका महिलाहरुले तोड्ने शाहस गरेका छन् यो उदाहरणीय छ । दमौली स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आबद्ध महिलाहरुले कुरुति तोड्ने हिक्मत गरेका ठुलो सन्देस प्रवाह भएको छ । पुरानो रुढीवादी पराम्परालाई समेत चुनौति दिदै शव बोक्ने र दाहसंस्कार कार्यमा खटिदै एक पटक हैन आठ पटक शव बोकिसकेका छन् । आश्रममा आश्रित बुबा तथा आमाहरुको निधन भएपछि शव बोकेर घाट लैजाने र दाह सस्कार समेत गर्दै आएका छन् । यस क्रममा महिलाहरुले शव बोकेर दमौली स्थित घाटमा पुगि दागवत्ती र दाहसस्कार गरेका छन् । उक्त आश्रममा बस्दै आउनुएका ९२ बर्षिय टोलबहादुर थापाको बिहीबार निधन भएपछि महिलाहरूले शब बोकेर दमौली घाटसम्म पु¥याएका हुन् । महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ काजक्रिया गर्नु गर्नु पर्छ भन्ने गरेका छन् छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सन्देश दिन शव बोक्ने गरेको यो अभियान अनुकरणीय छ । अन्य स्थानका महिलाले पनि यस्तै शाहस गर्नुपर्दछ ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button