प्रट्रोलियम पद्धार्थको मूल्य घटाउनु उपयुक्त

दमौली खबर संवाददाता

मूल्यवृद्धि आकाश छोएकोले विपन्नको घरमा चुलो बाल्न समेत धौ धौ भएको छ । धेरै नेपालीहरु बेरोजगार बस्नु पर्ने र खेती किसानीमा भुलेकाहरुपनि गुजारामूखी भएकाले जीवन विताउन कठिन भएको छ । नेपाल हाल मूल्यवृद्धिको मूख्य कारण भनेको प्रट्रोलियम पद्धार्थको मूल्यवृद्धि हुनु हो । यसको मूल्यवृद्धि हुँदा ढुवानी भाडा बढ्ने हुँदा देशैभरी असर पार्दछ । देशले प्रट्रोलियम पद्धार्थ आयातमा ध्यान नदिई जलविद्युतलाई प्राथमिकता दिनु पर्दछ । यस्तो भयो भने ठुलो धनराशी विदेश जाँदैन । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेपछि नाफा हुने क्रम दिनप्रतिदिन बढीरहेको छ । ढिलै भएपनि सरकारले प्रट्रोलियम पद्धाथ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय हुन आर्थिक मन्दीले संकटमा परेका नेपालीलाई राहतको महशुस भएको छ । मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँमा बिक्री हुने बताईएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेर राम्रो गरेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा बढाउने तर मूल्य कम हुने भने नघटाउने गरिन्छ । यस्तो हुनुहुँदैन । कुलिन परिवारलाईलाई मूल्य बढेर फरक नपर्ला र विहान र बेलुका हातमूख जोड्न पनि कठिन हुनेलाई धेरै नै असर गर्दछ । विद्युतिय सवारी, चुल्हो प्रयोग गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button