नेता गोविन्दराज जोशी आज गृह जिल्लामा, भेटघाट गर्न कार्यकर्ताको भिड

दमौली खबर संवाददाता

दमौली, चैत १९

नेपाली कांगेसका पूर्व सह–महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी शनिबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी गृह जिल्ला आएपछि उहाँ निवासमा कार्यकर्ताको भेटघाटको लागि भिड लागेको छ ।

नेता जोशीले बीपी विचार समाज तनहुँको भोली चैत्र १९ गते दमौलीमा हुने बिशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्लाको समसामयीक राजनिति र संगठन बिस्तारको विषयमा समाजद्धारा आयोजना गरिएको भेलामा प्रमुख अतिथिको रुपमा नेता जोशी सहभागी हुन जिल्ला आउनुहुने भएको हो । नेता जोशी बीपी बिचार राष्ट्रिय समाजका केन्द्रिय सह–सभापति समेत हुनुहुन्छ ।

आसन्न तनहुँ क्षेत्र नं. १ को उप निर्वाचनको संघारमा कांगे्रसका प्रभावशाली नेता जोशीको जिल्ला भ्रमणलाई राजनितिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

बीपीको बिचार, नीति र सिद्धान्तबाट नेपाली कांग्रेस बिमुख फर्केपछी र पार्टीमा न्याय हराएपछि “आफ्नो टिकट आफैं लिऔ र असल उमेद्वारलाई जिताऔं” भन्ने अभियान सहित विगत केही वर्षदेखी राजनितिमा सक्रिय रहनु भएका नेता जोशीलाई जिल्लाबासीले सिद्धान्तनिष्ट एवं विकासवादी नेताको रुपमा हेर्ने गर्दछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button