दमौली अस्पतालमा स्क्रव टाइफसका पाँच जना बिरामी भेटिए सर्तक रहन स्वास्थ्य कार्यालय तनहुँको आग्रह

दमौली खबर संवाददाता

दमौली, असोज २२

तनहुँमा पहिलो पटक स्क्रव टाइफसका बिरामी भेटिएका छन् । दमौली अस्पतालमा गरिएको रगत परीक्षणका क्रममा पाँच जना स्क्रव टाइफसका बिरामी भेटिएका हुन् ।

दमौली अस्पतालमा शुक्रबार १४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा स्क्रव टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । यस्तै बुधबार गरिएको परीक्षणका क्रममा दुई जनामा स्क्रव टाइफस सङ्क्रमण पुष्टि भएको थियो । स्क्रब टाइफस ’ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । यो जीवाणु मुसा, न्याउरी मुसो, मलसाप्रो लगायतमा पाइने बरालले बताउनुभयो । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने उहाँ बताउनुहुन्छ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अङ्गमा सङ्क्रमण गराउँछ भने बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, जोर्नी र मांशपेशी दुख्ने, खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने, शरीरमा रातो बिमिरा आउने, टोकेको ठाउँमा कहिले कहीं कालो दाग देखिने यसको लक्षण हुन् । मुसा, न्याउरी मुसो, मलसाप्रोमा पाइने किर्ना माईट (ओरीएन्टा सुसुगामुसी) नामक ब्याक्टेरियाबाट हुने सङक्रमणबाट स्क्रब टाईफस रोग देखापर्ने चिकित्सक बताउँछन् । स्क्रब टाईफस भएका व्यक्तिको उपचार कम्तिमा पनि एक साताभित्र हुनुपर्ने चिकित्सकहरुले बताएका छन् । उपचार समयमा हुन नसकेमा संक्रमण फैलिने र शरीरका विभिन्न अंगले काम नगर्ने हुनुका साथै बिरामीको मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् । स्क्रब टाइफस ’ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । यो जीवाणु मुसा, न्याउरी मुसो, मलसाप्रो लगायतमा पाइने डा. बरालले बताउनुभयो ।

Show More

Related Articles

Check Also
Close
Back to top button