म्याग्दे गाउँपालिकाद्धारा कृषिलाई प्राथमिकता विपन्न विद्यार्थीलाई पाए जेटिए पढ्ने सुविधा

दमौली खबर संवाददाता
तनहुँ, पुस ५ । तनहुँको म्याग्दे कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । यसक्रममा गाउँपालिकाले  विपन्न विद्यार्थीलाई जेटिए पढ्ने सुविधा  प्रदान गरेको छ । म्याग्देले आफ्नो पालिका भित्रका भेटेनरी जेटिए अध्ययन गर्न चाहने बिपन्न विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति अनुदान प्रदान गरेको हो ।
पालिका भित्रका पशुपालक कृषकलाई व्यवसायिक बनाउन सहयोग पु¥याउन आवश्यक जनशक्ति पुरा गर्न सो अनुदानको व्यवस्था गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यो सुविधा अन्तर्गत ११ जना विद्यार्थीलाई प्रतिव्यक्ति २५ हजार वितरण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जेटिए अध्ययनको लागि पालिकाभित्रै सामुदायिक विद्यालयमा सुविधा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाको खर्चमा अध्ययन गर्न पाएपछि विद्यार्थीहरु खुुसी भएका छन् । जनशक्ति उत्पादन भएपछि पशुपालनमा आत्मनिर्भर मात्रै नभई निर्यात योग्य बनाई आम्दानी गर्न सफल हुने विश्वास गाउँपालिकाले लिएको छ ।
 यसैगरी पालिकाले विद्यार्थीको आवत जावत गर्न सहज बनाउन स्कुल बस खरिदमा अनुदानको कार्यक्रम पनि ल्याएको छ । सामुदायिक विद्यालयमा बस खरीद गर्नको लागि ४० प्रतिशत अनुदान कार्यक्रम ल्याईएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  यस्तै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा २ मा प्रारम्भ गरिएको उपाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उपाध्यक्ष घिमिरेका अनुसार राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत ४ कोठे भवन र १ र २ कोठे भवन निर्माण कार्यक्रम स्विकृत भई सम्झौतको क्रममा रहेको छ । यस्तै दिवा खाजाको लागि आवश्यक भाडा खरीद गरि वितरण कार्य प्रारम्भ हुँदैछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button