अध्यक्ष श्रेष्ठको सकरात्मक कदम

 सादा जीवन उच्च विचार भएका नेता हुनुपर्छ । नेताले सामान्य तरिकाले जीवन यापन गर्ने हो भने समाजमा पनि अनावश्यक भड्किलो तरिकाले जीवन जीउनुको अर्थ छैन भन्ने सन्देश प्रवाह हुन्छ । नेताको जीवन भनेको व्यक्तिगत जीवन हैन । उनिहरु भनेको सामाजिक जीवन हो । उनिहरुले जीउने तरिकाले सबैलाई ध्यान तानेको हुन्छ । हाम्रो देश नेपालमा उच्च विचार भएको र सरल तरिकाले जीवन जीउने नेता नभएकाले पछि परेको हो । देश जुन गतिमा विकास हुनु पर्ने हो त्यो अनुसारको नहुँदा जनतामा नैरश्यता छाईरहेको छ । जनता छाएको नैरश्यताले गर्दा निर्वाचनमा मत बदलेको पनि देखिन्छ । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना   म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरानो वर्षायाममा पानी चुहिने घरमा बसेर सामान्य तरिकाले जीवन जीउने गरेर सबैलाई प्रेरणा प्रदान गर्नु भएको छ । । कतिपय जनप्रतिनिधीहरु पालिकाबाट आवास सुविधा लिएका पनि छन् तर अध्यक्ष सो सुविधा नलिई झुपडीमा बास बसेर उदाहरणीय काम गर्नु भएको छ श्रेष्ठसँग लोभ, लालच र कमाउ भन्ने भावना कत्ति पनि छैन भन्ने देखिएको छ ।
  अध्यक्ष श्रेष्ठ लोभ गरेको भए राम्रो घर बस्न कुनै कठिन हुने थिएन । आर्थिक अभावले गर्दा एउटा राम्रो घर बनाउन नसक्नु भनेको आम जनताको प्रतिनिधित्व  । ‘धेरै जसो जनताहरु राम्रो घरमा बस्न पाएका छैनन् त्यसैले म झुप्रोमा बस्दा दुःखी भएको छैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।   नयाँ घर बनाउनको  लागि आवश्यक रकम जोहो गर्न  नसक्दा बनाउन नसकेको उहाँले जानकारी दिनुभयो । टिनको जस्ता मुनी पानी चुहिने भुइमा बस्नु परेपनि अध्यक्ष श्रेष्ठमा कत्ति पनि हिनता बोध भने छैन । उहाँ निर्धक्क साथ भन्छन यसमा मलाई कत्ति पनि दुःख छैन । इच्छा र चाहना त हुदो हो पक्की घर बनाएर बस्ने तै पनि म त्यो भन्दा पनि अहिले गाउँपालिकाबासीहरुलाई दिइने सेवा र सुविधालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमै चिन्तित हुनु राम्रो कुरा हो तर हात्तिको देखाउने दाँत अर्कै भए जस्तो भने हुनुहुँदैन । उहाँले आफ्नो कार्यकालमा कसैले औला ठडाउन पर्ने अस्वस्थाको अन्त्य गर्न सक्नु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button