भइरल ज्वरोबाट बचौं बचाऔ

दमौली खबर संवाददाता

नेपालमा फेरी पनि कोरोनाको सङ्क्रमण बढ्दै गईरहेको बेला बढ्दो गर्मीसँगै तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै हुँदा सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढीको चिकित्सकले बताएका छन् । भाईरल सरुवा रोग भएकोल जोगिनु पर्छ, अरुलाई सार्नबाट जोगाउनु पनि पर्छ । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेकाले सबै स्थानका बासिन्दा होशियार हुनुपर्ने भएको छ । शरीर भारी हुने, शरीर दुख्ने, टाउँको,आँखाको गेडी दुख्ने, ज्वरो आउने,शरीर आलस्या हुने लगायतका समस्या भएका भाईरल फिवरका विरामी आउने गरेको स्वास्थ्य सस्थाले जनाएका छन् । विशेष गरी भौतिक दुरी कामय राख्ने, मास्क लगाउने, सेनिटाईजरले हात सफा गर्ने, साबुन पानीले हात धुने जस्ता कार्य गर्नुपर्दछ । कोरानाबाट बच्ने स्वास्थ्य उपायहरु अपनाउँदा भाईरल ज्वरोबाट पनि बच्न सकिन्छ । विशेष गरेर पानीको कारणले धेरै रोग लाग्ने भएको उमालेको पानी प्रयोग गर्दा उपयुक्त हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button