निर्वाचनको तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै

दमौली खबर संवाददाता
दमौली, भदौ १५
 मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गर्नु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समुह निर्वाचनको तयारीमा जुटी सकेको छ ।
तयारी स्वरुपमा नेता जोशी समुहको सचिवालयले कार्यक्रम तालिका समेत तय गरि सकेको छ । सोही तालिका बमोजिम आज बिहीबार गृहजिल्ला आउनु हुने कार्यक्रम रहेको छ ।  नेता जोशीले तीन समहु बनाई भदौ १७ गते दमौली, १८ गते मानेचौका, १९ गते डुम्रे बजारमा नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।  र भदौ २० गते विपी विचार समाज जिल्ला कार्य समिति तनहुँको वैठकमा सहभागी हुुनु हुने कार्यक्रम रहेको छ ।
मंसिर ४ गते तोकिएको संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव  तथा परामर्शको लागि तनहुँ क्षेत्र नम्बर १ को तीन ठाउँलाई भेटघाट गर्ने कार्यक्रम तय गरिएको जोशीको सचिवालयले जनाएको छ ।
नेपाली काँग्रेस पार्टीको वर्तमान नेतृत्वले तय गरेको निर्वाचन सम्बन्धि चिन्तन, गठबन्धन र कार्यशैली प्रति असतुष्टी जनाउँदै आउनु भएको विकास प्रेमी एवं राजनीतिज्ञ जोशी आफै तनहुँ १ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । वीपीको विचार, आर्दश र सिद्धान्तमा वर्तमान काँग्रेस नेतृत्वमा हिड्न नसकेको गंभिर आरोप लगाउनु भएका नेता जोशी आफूलाई विपीको सच्चा अनुयायी ठान्नुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button