मास्क लगाउन छाड्दै नागरिक, सचेत बनाउँदै प्रहरी


दमौली खबर संवाददाता


भदौ ६, दमौली । कोरोना संक्रमणको दर फेरि उकालो चढ्दै गर्दा नागरिकहरुले भने सुरक्षाका मापदण्ड अपनाउन छाडेका छन् ।जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सक्रिय संक्रमितको संख्या उकालो चढ्दो क्रममा रहेको छ । कोभिडको दोस्रो चरणमा ४ हजार ७ सय ८६ जनालाई कोरोना संक्रमण भएको छ भने एक सय ४ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारीले बताए । तीन सय ८९ जना होम आइशोलेशनमा रहेको र ८ जना संस्थागत आइशोलेशनमा रहेको अधिकारीले जानकारी दिए ।

पछिल्लो समयमा नागरिकहरुको स्वास्थ्य सतर्कता नअपनाएरै हिड्डुल गर्न थालेको, कोरोनालाई सामान्यरुपमा लिंदा जटिल समस्या निम्तिने समेत उनले बताए । कोरोना संक्रमणबाट बच्नका लागि नागरिकहरुलाई सचेत तुल्याउनका लागि तनहुँ प्रहरीले तनहुँ उद्योग वाणिज्य संघको सहयोगमा मास्क वितरण कार्यलाई तीव्रता दिएको छ । तनहुँ प्रहरीका डिएसपी युवराज तिमिल्सेनाले भने, ‘नागरिक मात्रै होइन कतिपय व्यापारी मित्रहरु समेत स्वास्थ्य सतर्कतामा ध्यान दिइएको छैन । यसमा हामी व्यापारीहरु बढी जिम्मेवार हुनुपर्छ ।’

उनले अघि भने,‘यदि कोही ग्राहक मास्क नलगाएर आउनुभएको छ भने उहाँलाई मास्क लगाउन दिँदा त्यसले उहाँको व्यापारमा त थप फाइदा पु¥याउँछ नै नागरिकको स्वास्थ्यमा समेत फाइदा हुन्छ ।’ सरकारले समेत मास्क नलगाउने नागरिकलाई एक सय रुपैयाँसम्मको जरिवाना गर्ने प्रहरीलाई अधिकार दिएको छ । तनहुँ प्रहरीका प्रवक्ता समेत रहेको तिमिल्सेनाले भने, ‘पहिलो पटक सचेत गराउँछौ । त्यसपछि पनि उहाँहरुले अटेरी गरेको अवस्थाका अन्तिम विकल्प भनेको कारवाही हो । उनले अघि भने,‘ आफ्नो स्वास्थ्यको लागि अटेरी गर्नु नागरिकहरुकै
लागि अहित हुने कार्य हो । त्यसैले सबैले मास्क लगाएर मात्रै हिंडौँ, साबुन पानी, स्यानिटाइजरको प्रयोग गरौं ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button