सांसद वाग्लेद्धारा घाँसीकुवा संरक्षणको लागि पहल कदमी

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १७ गते

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अतित्व संरक्षणको सांसद डा. स्वर्णिम वाग्लेले पहल कदमी लिनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वाग्लेले शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संरक्षणको लागि पहल कदमी लिनु भएको हो ।

‘‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’’ सांसद वाग्लेले भन्नुभएको थियो । शुक्रबार नै सपथ लिएकै दिन सांसद वाग्लेले सो कुरा उठाएकोले सकारको संरक्षणमा ध्यान जाने विश्वास स्थानीय वासिन्दाले लिएका छन् । ऐतिहासित तथा पुरात्तात्विक महत्वको घाँसीकुवा संरक्षण गर्ने आवाज उठाएपछि संरक्षण हुनेमा स्थानीय ढुक्क भएका हुन् । जनप्रतिनिधीले संसद भवनमै कुरा उठाएकोले संरक्षण हुनेमा विश्वस्त भएका छौं भानु घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले भन्नुभयो । ऐतिहासिक महत्वपूर्ण भएकाले घुम्न आएका छन्, फोटो खिचेका छन् घाँसीकुवाको पानी खाएका छन् पन्थले भन्नुभयो, सङ्कट परेकोले दायाँबायाँ व्यवस्थापन गरेर, सार्वजानिक जग्गा देशव्यापी रुपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनु पर्छ ।’’ पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भईरहेकोले घाँसीकुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम भएको छ ।

सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्नेहुँदा संरक्षणको लागि तुरुन्त चासो राख्नु पर्ने माग स्थानीयको छ । व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग कुरा गरिएको र त्यहाँ जमिनहरुलाई व्यवस्थित गरेर कुवा जोगाउन प्रयत्न गरिएको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपाने बताउनुहुन्छ । ‘‘न्युन आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिईरहेको छ, नगर प्रमुख न्यौपानेले भन्नुभयो, हाल रहेको कुवा भन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्यलाई स्थापित गछौं’’ ।

भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाई भानुभक्त आचार्य आदिकवि बन्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button