आज देखि प्रथम रामज्योति कप सुरु हुँदै

दमौली खबर संवाददाता

दमौली, माघ २५

तनहुँको व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलको आयोजनामा आज देखि प्रथम रामज्योति कप अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । व्यास नगरपालिका–१३ बेलबास स्थित खेल मैदान माघ २६, २७ र २८ गते गरी तीन दिने हुने सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको हो ।

निजी विद्यालयले पनि खेल क्षेत्रको विकासमा ध्यान दिनु पर्छ भन्ने सन्देश प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको विद्यालयका सल्लाहकार श्रीराम कार्कीले बताउनुभयो । प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहने बुधबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कक्षा ८ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने उक्त प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई १५ हजार र ७ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र दिइने विद्यालयका प्रिन्सिपल विपिन गौलीले जानकारी दिनुभयो । २०६५ साल पछि जन्मिएका कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीले मात्रै प्रतियोगितामा भाग लिन पाउने जानकारी उहाँले दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट किप्परलाई आकर्षक पुरस्कार प्रदान गरिने सोही विद्यालयकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।

सेमीफाइनलका खेलदेखि म्यान अफ दि म्याच घोषित गरी ५ सय रुपैयाँ प्रदान गरिने जानकारी घर्तिले दिनुभयो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ विद्यालय स्तरमा फुटबल खेलको महत्व र विद्यार्थीलाई त्यसतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले उद्घाटन गर्नु हुने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button