अक्सिजन सिलिन्डर संकलन गर्दै तनहँु प्रहरी

दमौली खबर संवाददाता
तनहँुमा जिल्ला प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ अभाव हुने सम्भावनालाई मध्येनजर गर्दै सिलिन्डर संकलन सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहँुले जिल्ला भित्र रहेका विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत विभिन्न कम्पनिमा रहेका अक्सिजन सिलिन्डर अवस्था सामान्य भएपछि फर्काउने सर्तमा संकलन गरेको हो ।

प्रहरी मातहातकै चौकीबाट संकलन सुरु गर्दै संक्रमित विरामीहरुको उपचारका लागि आवस्यक पर्न सक्ने भन्दै १८ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख अरुण पौडेलका अनुसार शनिबार दमौलीबाट १५ थान र शुक्रबार बेलचौतराबाट तीन थान सिलिन्डर संकलन गरेको हो । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र दश वटा खाली सिलिण्डर संकलन गरिएको छ । यस्तै प्रहरी प्रमुख पौडेलले अक्सिजन सिलिन्डर भएर प्रयोगमा नरहेको भए सहयोग गर्न अपिल गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button