तनहुँको मुहार फेर्ने धोको रहेको उम्मेदवार जोशीको भनाई

दमौली खबर संवाददाता
दमौली, कात्तिक २० ।
दमौली । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले तनहुँको मुहार फेर्ने धोको रहेको बताउनुभयो । सो चाहाना पुरा गर्न आफू अन्तिम पटकका लागि उम्मेदवार बनेको बताउनु भयो ।
आईतबार आँबुखैरेनी गाउँपालिकाका–६ कोे मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले तनहुँ जिल्ला विगत १९ बर्ष पहिलेकै  विकासमा अड्किएको बताउनु भयो । उम्मेदवार जोशीले तनहुँमा खास परिवर्तन देखिने खालको विकास हुन नसकेको मात्रै नभई पहिले भन्दा झन् विग्रिएको बताउनुभयो । शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी र विद्युतको क्षेत्रमा धेरै महत्वपूर्ण काम गरेको भए आफू चुनावी मैदान नआउने उहाँको भनाई थियो ।
 ‘‘म सरकारमा सामेल भएको बेला तनहुँ विकासमा छैटौं स्थानमा थियो तर अहिले २२ औं स्थानमा छ जनताको आधारभूत आवश्यकता खानेपानी, स्वास्थ्य चौकीको अभाव छ, सडक, विद्यालय भत्किएका छन्’’ नेता जोशीले भन्नुभयो । पोखरामा मणिपाल शिक्षण कलेज स्थापना गर्न आफूले स्विकृत दिएको र मणिपाल कलेजले  पोखरामा कलेज बनाउँदै गर्दा तनहुँमा २० बेडको अस्पताल बनाउनु पर्छ  भन्ने निर्णय गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो, मैलै बनाएको अस्पतालमा उपचार गरेर फर्केकाहरु मेरो पछि लाग्छन् भनेर अस्पताल नै  बन्न दिएनन्’ । आदिकवि भानुभक्त क्यम्पसलाई सरकारी क्याम्पस बनाउनु पर्छ भन्दै गर्दा  यदि  त्यो क्याम्पसलाई सरकारी बनायो भने त्यहाँ पढ्ने सबै मिलेर जोशीलाई आगाडि बढाउँछन् भनेर  सरकारी  बनाउन नदिएको  जोशीको आरोप थियो । आफू सत्तामा नभए पनि तनहुँको विकास भएको भए उम्मेदवार बन्नु पर्ने अवस्था नआउने उहाँको तर्क थियो । अबरुद्ध तनहुँको विकासलाई गतिशिल बनाउन युवाहरुलाई स्वदेशमै रोजगारी, घरघरमा खानेपानी, सडक कालोपत्रे, खेतीयोग्य जमिनमा सिंचाई, औधोगिक क्षेत्रको स्थापना जस्ता कार्य गर्ने नेता जोशीको भनाई थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button