व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग मनाए होली

दमुली खबर संवाददाता

तनहुँ, फागुन २३ गते

तनहुँका एक पालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगरपालिकाका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका हुन् ।

जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरु खुसी भएका थिए । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए । नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रवक्ता जीवन गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापा लगायतको जनप्रतिनिधी तथा शिक्षा शाखाका प्रमुख नविन पराजुलीले बालबालिकासँग होली पर्व मनाएका हुन् । नगर प्रमुख न्यौपानेले सुरुमा सबैभन्दा कम उमेरकी बालिकाबाट टिका लगाएर आफूले पनि लगाईदिएर होली कार्यक्रम सुरु गर्नु भएको थियो ।

वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४४ जना बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा गरिएको नगरपालिकाले जनाएको छ । ४० लाख खर्च गरेर बन्द भएको विद्यालयको भौतिक संरचना बनाईएको र यो वर्ष १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

५० लाख अध्यन, खाना तथा आवासीय खर्च र ५० लाख रुपियाँ शिक्षक तथा कर्मचारी व्यवस्थापनको लागि एक करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन् र उनिहरुको क्षमता विकासको लागि अवसर दिने प्रमुख उद्देश्यले विद्यालय सञ्चालन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । सोही अवसरमा सञ्चारकर्मीहरुले पनि बालबालिकासँग होली मनाएका थिए ।

शिक्षक भट्टराईद्धारा होलीसँगै शैक्षिक सामग्री सहयोग

यसैबीच समता विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शिक्षक रमेशबाबु भट्टराईले सोमबार स्टेशनरी सामग्री सहयोग गर्नु भएको छ । भट्टराईले विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई हस्तान्तरण गर्नुभएको हो ।

२० हजार मूल्य बराबरको समान सहयोग गरेको विद्यालयले जनाएको छ । यस अघि पनि शिक्षक भट्टराईले सबै बालबालिकाको लागि पोशाख प्रदान गरेको प्रधानाध्यापक सुनारले बताउनुभयो । बालबालिकालाई अध्ययनमा हौंसला प्रदान गर्नको लागि मद्धत गरेको र भविश्यमा सहयोग गर्ने प्रतिबद्धता भट्टराईले गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button